मधेशटप डेस्क, फागुन १८गते ।

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक शुक्रबार बस्ने भएको छ ।

माओवादी केन्द्रका केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले फागुन २० गते विहान ११ बजेका लागि केन्द्रीय समितिको बैठक बोलाइएको जानकारी दिनुभयो ।

गत पुस २५ गतेदेखि पटक–पटक सर्दै आएको केन्द्रीय समिति बैठक बस्न लागेको हो ।

बैठक राष्ट्रिय सभागृहमा विहान ११ बजे बस्नेछ ।