नेकपा (माओवादी केन्द्र) बोदे बर्साईन नगरपालिकाको विस्तारित बैठक सम्पन्न भएको छ । बोदे बर्साईन नगरपालिका वडा नम्बर ३ गौरा डिहबारथानको प्राङ्गणमा स्थानीय निर्वाचनलाई केन्द्रित गरेर बसेको बैठकमा पार्टीका अगुवा नेता कार्यकर्ता तथा प्रतिनिधि, उम्मेदवारहरुको समेत उपस्थिति रहेको थियो ।

चुनाव परिचालन सम्बन्धमा केन्द्रित भएको बैठकमा नेकपा (माओवादी केन्द्र) का संभाबित मेयर पदका उम्मेदवार इन्जिनियर बैजनाथ प्रसाद यादव समेतको उपस्थिति रहेको थियो ।माओवादीको उपहार नगर गाउँमा सिंहदरबार भन्ने मूल नाराको साथ चुनावी मैदानमा होमिएको नेकपा (माओवादी केन्द्र) बोदे बर्साईन नगरले बैठकमा वस्तुगत अवस्थाको बारेमा अगुवा नेता संघ रिर्पोट प्रस्तुत गरिएको थियो ।

युवालाई रोजगारी, गरिबलाई उन्नति, व्यवसायीलाई व्यापार, किसानलाई समान, महिलालाई सुरक्षित संसार, विद्यार्थीलाई प्रतिभाको विस्तार, नगर को समुचित बिकाशका नाराको साथ चुनावलाई लक्षित गर्दै नगरका १० वटै वडाहरुमा तथा टोलहरुमा चुनावी सभाहरु गर्ने कार्यक्रम तयार गरिएको पार्टीका संभाबित मेयर पदका उमेदबार इन्जिनियर बैजनाथ प्रसाद यादवले जानकारी दिए ।

बैठकले पार्टीको योजना अनुसार निर्वाचनलाई भयरहित र शान्तिपूर्ण बनाउनको लागि स्वयमसेवकको रुपमा वाइसियल परिचालन गर्ने निर्णय तय गरिएको छ। साथै निर्वाचनमा पार्टीको चुनावी प्रचारलाई व्यवस्थित गर्न विभिन्न उपसमितिहरु निर्माण गरेको छ ।