उमेश कुमार साह ,२१ फाल्गुन शनिबार 
बोदे बर्साईन – सप्तरीको बोदे बर्साईन नगरपालिकामा वडा नम्बर २ नेगडाको श्री शत्रुधन मा. बिधालय खेलमैदानको प्राङ्गणमा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) नेपालको नगर कमिटी गठन भएको छ ।

लोसपा नेपालका नेता केन्द्रिय सदस्य , पुर्व राज्य मन्त्री तथा प्रतिनिधि सभा सदस्य माननीय चन्द्र कान्त चौधरीको प्रमुख आतिथ्यतामा तथा लोसपा नेपाल बोदे बर्साईन नगरपालिका वडा नम्बर २ को वडा कमिटी अध्यक्ष सत्य नारायण यादवको अध्यक्षतामा भएको लोसपा भेला कार्यक्रमबाट लोसपा बोदे बर्साईन नगर समिति अध्यक्षमा अमरेन्द्र कुमार यादव चयन भएका छन् ।

जसपा भेला कार्यक्रमबाट ५१
सदस्यीय समिति गठन गरेको छ।

उपाध्यक्षमा – बतहु यादव ,रुप नारायण यादव र उमेश प्रसाद साह , सचिबमा – संजय कुमार साह, स- सचिब –भिम साह ,राम नारायण साह, काशिन्द्र यादव , कोषाध्यक्षमा -ममता कुमारी साह रहेका छन ।

भेला कार्यक्रममा लोसपा नेपालको केन्द्रीय सदस्य जय प्रकाश ठाकुर ,उपिन्द्र प्रसाद साह , बोदे बर्साईन नगरपालिकाको उप- नगर प्रमुख रन्जु कुमारी साह , लोसपा नेपाल बोदे बर्साईन नगरपालिका वडा कमिटीको अध्यक्ष तथा प्रतिनिधि , नेताकार्यकर्तागन , , बुद्धिजीवी , सल्लाहकार , पत्रकार लगायत स्थानीयहरुको उपस्थित रहेका थिए ।

लोसपा नेपाल बोदे बर्साईन नगरपालिकामा १ वडा देखि गरि क्रमश: १० वटै वडामा वडा कमिटी गठन भएको नगर अध्यक्ष यादवले बताए ।लोसपा नेपाल बोदे बर्साईन नगर कमितिले संघसंगठनलाई थप चलयमान बनाउने नेताहरूले बिश्वास व्यक्त गरेका छन।