उमेश कुमार साह :२१ चैत्र , राजविराज ।

बोदे बर्साईन: सप्तरीको बोदे बर्साईन नगरपालिका वडा नम्बर – ५ बोदे बर्साईन धर्मशालामा आईतवार नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले आयोजना गरेको अगुवा नेताकार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा बोदे बर्साईन नगरपालिका वडा नम्बर – १० का तत्कालीन खडकपुर गाविस अध्यक्ष पदमा चुनाव जितेका जसपा नेता बरूण कुमार यादव माओवादी केन्द्रमा आफ्नो समर्थक सहित प्रवेश गरेकाछन् । आइतबार आयोजना गरिएको पार्टी प्रवेशमा विभिन्न वडा बाट १४० जना माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।                                                        नवप्रवेशीलाई नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा सप्तरी जिल्ला इनचार्ज तथा कार्यक्रमको प्रमुख अतिथि अशोक कुमार मण्डल अमर, बिशिष्ठ अतिथि प्रदेश कमिटी सदस्य महेश कुमार यादव , छेदी रजक , जिल्ला सदस्य दिलिप यादव , इन्जिनियर बैधनाथ यादव लगायतले पार्टी प्रवेश गरेकालाई फुलमला लगाई पार्टीमा प्रवेश गराई स्वागत गरेकाछन् ।
कार्यक्रमको अध्यक्षता बोदे बर्साईन नगरपालिका वडा नम्बर ६ बस्ने सहिद परिवारका सदस्य किसुन लाल साह हलुवाइले गरेको थियो ।