उमेश कुमार साह :२३ चैत्र बुधबार 
बोदे बर्साईन: सप्तरीको बोदे बर्साईन नगरपालिका–८ काचनमा आज बिहान ८ बजे करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ। स्थानीय काचन बस्ने ६५ वर्षीय राम नारायण साहको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनएको छ।

नयाँ घरको माथी छत रेलिङ्गमा पानी हाल्दै क्रममा अचानक उनलाई करेन्ट लागेको थियो। करेन्ट लागेर घाइते भएका उनलाई तत्कालै गाउँ बाट हस्पिटल ल्याउँदै गर्दा मृत्यु भएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए।