उमेश कुमार साह
१३ बैशाख, बोदे बर्साईन ।
सप्तरीको खडक नगरपालिका वडा नम्बर —१ सिस्वामा लोसपा बाट वडा अध्यक्ष पदमा राजकुमार साहले उम्मेदवारी दर्ता गराएका हुन् । उनी सहित खुल्ला सदस्यमा त्रिभुवन मण्डल,दिलिप कुमार मण्डल,महिला सदस्यमा आमना खातुन, दलित महिला सदस्यमा ललिता कुमारी रामले उम्मेदवारी दर्ता गराएका हुन् ।

लोसपा बाट उम्मेदवार बनेका राजकुमार साहले भने यदि म वडा अध्यक्ष पदमा जिते भने वडा भित्र रहेका विद्यालयमा शैक्षिक सुधार तर्फ मेरो पहिलो प्राथमिकता रहने छ । साथै कृषि, भौतीक पूर्वधारलाई संगै जोडेर शिक्षित सिस्वा सक्षम सिस्वा बनाउने बताउनुभयो ।– “भौतिक योजनाको सुनिश्चितता, अबको विकास आर्थिक बिकास” भन्ने हाम्रो मूल नारा हो । “अरुले गर्छन् कुरा हामी गर्छौ पूरा” भन्ने हाम्रो पहिलो एजेण्डा हो । हामीले वडामा जनतालाई आफ्ना एजेण्डा बुझाएर हाम्रो पालामा नै समृद्धि सम्भव छ भन्ने बुझाउँदै विकास निर्माणलाई उच्च प्राथमिकता दिनेछु । संघीयता, जातीय विभेद र वर्गीय विभेद अन्त्य गर्दै खडक नगरपालिका वडा नम्बर १ सिस्वा लाई नमूना गाउँ बनाउन म लाग्नेछु साहलेे बताए ।