जनकपुरधाम। बैशाख २५ :- चुनावि दर्मियन चल्दै तथा सबै दल लगायत स्वतन्त्र उम्मेदवार पनि आफ्नो एजेन्डा हरु लिएर उपस्थित हुँदै गएका छन। आज मधेस टप संग प्रेस मिट गर्दै यस सन्दर्भ लिएर लक्ष्मिनियाँ गाउँ पालिकाका अध्यक्ष पदको उम्मेदवार शत्रुधन यादव(लालटेन छाप) को घोषणा एवम् संकल्प पत्र:-
१) लक्ष्मिनियाँ गाउँ पालिका भरी शिक्षाको अवस्थामा सुधार तथा सुदृढ गर्ने,कक्षा ८ देखि १० सम्म पालिका भित्रको सम्पूर्ण माध्यमिक बिद्यालयहरुको पठन पाठन अङ्ग्रेजी र नेपाली दुबै माध्यममा अनिवार्य गराउनुको साथै बिद्यार्थीहरुलाई अनुशासित बनाउने र बिद्यालयहरुमा सुन्दर,स्वच्छ र शान्त वातावरण कायम गराउने।जुन गर्दा हाम्रो पालिका भरीका अभिभावकहरुलाई हाल आर्थिक भार परिवारमा कम हुनुको साथै बचत हुनेछ र भविस्यमा बालबालिकालाई उज्ज्वल भबिस्य बनाउन तथा उच्च शिक्षा हासिल गर्न टेवा पुग्ने छ।
२) स्वास्थ सेवा पालिका भित्र चुस्त तथा दुरुस्त गर्ने र गराउने,हरेक वडाको हरेक गाउँ र टोलमा प्राथमिक स्वास्थ केन्द्र स्थापना गर्नु को साथै भएको स्वास्थ चौकिहरुमा एक MBBS नियुक्त गराइ सम्पूर्ण जाँच प्याथोलोजी,altrasound उपकरण उपलब्ध गराउनुको साथै फ्री औषधि हरेक समय ध्यानपुर्वक उपलब्ध गर्ने र गराउने र आमजनताको स्वास्थ संवेदनशील रहेकोले समय समयमा हरेक वडामा संबंधित सबै रोगीका लागि स्वास्थ शिविरको ब्यबस्था मिलाउने र एम्बुलेन्स सेवा पालिकाबाट संचालन गर्ने।
३)पालिका भित्र रहेकोे दीर्घकालीन औषधि खानु पर्ने तथा खाइरहेका रोगिहरुलाइ पालिकाबाट अवश्यक रहेकोेलाइ सहयोग उपलब्ध गराउनुको साथै भ्याङ्गकर रोगबाट पीडित रहेकोे रोगको रोगीको लागि उपचार खर्च गर्न चाहिने अवश्यक केहि सहयोग पालिकाबाट उपलब्ध गराउने।
४)पालिका भित्रको किसानहरुको आवश्यक मलखाद,बीउ बिजन,सिचाइ प्रबन्ध तथा किटनाशक औषधि समयमा उपलब्ध गराउने।
५) किसानहरुलाइ प्राकृतिक बिपदले हुन जाने क्षति विवरण संकलन गरि राहत ब्यबस्था प्रबन्ध मिलाउने।
६) जाडो याममा जाडोबाट बच्न गरिबका लागि समयमै दाउरा सहित ओढने सामग्री आवश्यक पर्नेलाइ यथाशीघ्र ब्यबस्था गर्ने रआगलागी,तथा महामारीको समयमा सक्दो छिटो उचित राहत ब्यबस्थाको प्रबन्ध मिलाउने।
७)किसानको उत्पादन वृद्धि देखि तालीम सहित र भणडारणको साथै बिक्रीवितरण को लागी चाहिने सहयोग पालिकाबाट गराउने।
८)महिलाहरुलाइ उद्यमि बनाउन चाहिने आवस्यक शिपमुलक तालिम दिइ रोजगारीको सृजना गर्ने।
९) युवाहरूलाई सक्दो शिपमुलक तालिमदिई रोजगार सृजना गर्ने,विभिन्न तालीम दिइ र विभिन्न देशका भाषाको सिकाइ बिदेशी रोजगारमा पठाउन संस्थाहरु सङ्ग समन्वय गरि आर्थिक भार कम पर्ने गरि पठाउने ब्यबस्था मिलाउने।
१०) युवाहरूलाई विभिन्न खेलकुदको लागी आवश्यक सामग्रीको ब्यबस्था मिलाउने,पालिका भित्रको उत्कृष्ट खेलाडीलाइ पुरस्कृत गरि हौसला बढाउने र रास्ट्र स्तरको खेलाडी बनाउने तर्फ केन्द्रित हुने,सक्दो वार्षिक विभिन्न खेलकुद प्रतियोगिता गराउने।
११) पालिका भित्र रहेको नेपाल सरकारको जग्गा,विभिन्न गूठीको जग्गा
मठ-मन्दिर, अश्मसान, मस्जिद,कब्रस्तान सबैको उद्धार तथा संरक्षण गर्ने।
१२) “सुन्दर स्वच्छ गाउँ पालिका” नारा साथमा पालिका भरी समयसमयमा नाला सरसफाइ,घरसहित नालामा लामखुट्टे नियन्त्रणको लागि किटनाशक औषधि छर्किने ब्यबस्थाको प्रबन्ध गर्ने र फोहोर ब्यबस्थापन ब्यबस्था प्रबन्ध गर्ने।
१३)”हमर गाउँ पालिका नमुना पालिका”नारा साथमा बनाउन प्रयत्नशील रहने।
१४) गाउँ पालिका बाहिरबाट घेरिएर रिङ्ग रोड र एक वडा बाट अर्को वडा को लिन्क रोड बनाउन पहल साथ निर्माण गर्ने योजनाको खाका त्यार गरि योजना प्रबन्ध गर्ने।
१५)पालिका भरी गाउँ गाउँ,वडा वडा टोल टोल,घर घर स्थानीय सरकार पुगेर जनताको सेवा गरिरहेका वा पुगि रहेकोे अनुभुती गराउने।
१६) पालिकामा रहेको साधन स्रोतको उपयोगी बनाइ उपयोग गर्ने र गराउने ।
१७) पालिकाका सम्पूर्ण योजना,आर्थिक कारोबार हरेक विवरण वेबसाईट साइट मार्फत २४ घन्टा हेर्न आम जनतामा पुर्याउने।
१८) पालिकालाइ आत्म निर्भर बनाउन आन्तरिक आयमा वृद्धि र प्राकृतिक स्रोत साधनको उपयोग गर्ने।
१९) लक्ष्मिनीयाँ गाउँ पालिकालाई सेटेलाईट सिटिको रुपमा बिकास गर्ने।
२०)घरेलु ग्रामय उद्योगको केन्द्रको रुपमा बिकास गर्ने।
२१) नमूना टोल केही वडामा वातावरण मैत्री ब्यबस्थित बस्तीको बिकास गर्ने।
२२) कृषि सम्बन्धि तालीम लिन युवाहरूलाई इजरायल पठाउने प्रबन्ध मिलाउने र पलिका भित्र कृषि उत्पादनमा वृद्धि गराउने।
Discussion about this post