जनकपुरधाम । मधेश प्रदेश सरकारको सहयोगमा आयोजना गरिएको युवा महोत्सव कार्यक्रम मधेशका युवाले बहिस्कार गरेका छन् ।

असार मसान्तको अन्त्यमा बजेट सिध्याउन र कमिसनको चक्करमा मधेश प्रदेशको महिला बालबालिका, युवा तथा खेलकुद मन्त्रालयले विना कुनै प्रक्रिया युवालाय नामक संस्थालाई १७ लाख रुपैयाँको लागतमा कार्यक्रम गर्न दिएपछि स्थानीय युवाहरुले कार्यक्रम वहिष्कार गरेका हुन् ।

उक्त कार्यक्रमको लागि युवालयले विगत केही दिनदेखी मन्त्रालयमै आसन जमाएर सारा कार्यक्रमको रुपरेखा मन्त्रालय र केही आसेपासे युवाहरुको सहभागितमा तयार गरेको थियो ।

असार १५ गतेदेखी १६ गतेसम्म मन्त्रालयको आयोजनामा चल्ने उक्त महोत्सवमा प्रदेशको सबै पालिकाबाट युवा प्रतिनिधि बोलाउने भएपनि, आठ वटै जिल्लाका इच्छुक युवाहरुले सहभागित जनाउन सकेनन ।

जनकपुरस्थित उद्दोग वाणिज्य संघको हलमा सञ्चालन हुने कार्यक्रमको पहिलो दिन मधेश मंथन र मधेश जागरण, मधेश हटिया रसांस्कृतिक साँझ, र दोस्रो दिन मधेशको मान सम्मान र मधेश घोषणा पत्र सार्वजानिक गर्ने कार्यक्रम रहेको थियो ।

युवालयद्धारा बोलाइएका उक्त कार्यक्रमका बक्तसमेत असान्दर्भिक र मधेशको जल जमिनसँग जोडिएका थिएनन् । केवल आफना आफन्तलाई विज्ञको रुपमा बोलाएर हतारोमा बजेट सिद्धायाउन र कमिसन खान उद्दत रहेको कार्यक्रमको उपस्थितिले देखाएको छ ।

त्यसैगरी जनकपुरका सिमित युवाहरुलाई कार्यक्रममा सहभागि गराई प्रदेशका युवाहरुलाई जानकारी नगराई लुकिछिपि कार्यक्रम सञ्चालन गरिएको प्रष्ट देखिन्छ । महोत्सवको उद्घाटनको पहिलो सत्रमा प्रदेशका मुख्यमन्त्री र मन्त्री लगायतको उपस्थिति रहेपनि युवाको नाममा सञ्चालन गरेको कार्यक्रममा केवल विधालयका साना नानीहरुलाई बर्षातमा भिजाउदै उपस्थिति गराएका थियो ।

युवा महोत्सव कार्यक्रम प्रक्रियगत नगरी अनियमितताका गन्ध आईरहेको मधेश प्रदेशका युवाहरुले आरोप पनि लगाईरहेका छन् ।

कार्यक्रमको खर्चलाई सम्बन्धित सरोकारवालाहरु छानभिन गरी जनता समक्ष स्पष्ट पर्नु पर्ने युवा चन्दन कणर्ले बताए ।