ई .उमेश कुमार साह
बोदे बर्साईन (सप्तरी ), २३ श्रावण ।
हिन्दूहरुको महान पर्व बिजया दशमी नजिकिएसँगै बोदे बर्साईनका नाकाहरुमा अहिले व्यापक तस्करी बढेको छ ।

केही महिना देखि बन्द रहेका तस्करीहरु अहिले खुलेयाम हुन थालेको छ । बोदे बर्साईनको बोडरको सुभरनपट्टि, सोनापुर , बैरयाही, प्रीतमपुर हुदै बेल्ही , कोडरकट्टी, चन्हीलगायतका सम्पूर्ण नाकाहरुबाट अहिले व्यापक तस्करी बढेको छ ।

भैंसीको तस्करीदेखि कबाडी तथा कपडाको तस्करीको लाइन खुलेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको क्राइम टोली र सीमा खटेका प्रहरी चौकीका इन्चार्ज तथा सशस्त्र प्रहरीहरुको मिलोमतोमा अहिले विहान, दिउँसो, बेलुका तथा रातिको समयमा पनि तस्करी हुने गरेको छ ।

सशस्त्र बिओपी कार्यालयमा खटिएका सशस्त्र प्रहरी र ईलाका प्रहरीको मिलोमतोमा रातिको समयमा विभिन्न कुख्यात तस्करहरुको सामान खुलेयाम नेपाल भित्रिरहेको छ ।

उक्त क्षेत्रबाट तस्करी हुने गरेको छ भने चनही तथा सुभरनपट्टि नाकाबाट दिन दहाडै र रातीको समयमा भारती मोटरसाइकलमा खुलेआम कपडाहरु तस्करी हुने गरेको छ ।

भारतबाट साँझ तथा रातिको समयमा तस्करी गरिएका सामानहरुलाई तस्करहरुले बोदे बर्साईनको भाटिन , कुश्मुहार , मानराजा लगायतका स्थानहरुमा बनाएको गोदाममा राख्ने अनि त्यहाँबाट दिनदहाडै बोरामा प्याक गरेर चोर बाटो तथा हुलाकी मुख्य सडक हुँदै बोदे बर्साईन तथा राजमार्ग क्षेत्रमा रहेका केही व्यापारी तथा ट्रान्सपोर्टसम्म पु¥याउने गरेका छन् ।

उक्त कपडाहरु नेपालको विभिन्न सहररुमा पुग्ने गरेको छ । केही दिनअघिसम्म मात्रै प्रहरी प्रमुखको आगमनलाई मध्यनजर गर्दै तस्करहरुसँग प्रहरी चौकीका इन्चार्जहरुको मिलोमतो नभएकोले केही दिन तस्करी कार्य रोकिएको थियो तर, हाल आएर मिलोमतो भएपछि पुनः तस्करी कार्य शुरु भएको छ ।
भारतबाट तस्करी गरिएका सामानहरु बोदे बर्साईन हुँदै हुलाकी सडक , चोर बाटो क्षेत्रमा प्रवेश गर्ने गरेको छ ।

यतिमात्रै होइन, तस्करहरुले दिएको महिनावारी नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका इन्चार्जसम्म पुग्ने गरेको बताइएको छ ।

नयाँ प्रहरी प्रमुख आउने वित्तिकै तस्करीमा कडाई हुने अनि सेटिङ्ग भएपछि पुनः तस्करी हुने हुने बोदे बर्साईनका तस्करहरुको पुरानौ बानी नै हो । अहिले उक्त क्षेत्रबाट कपडा, हार्डवेयर लगायतका सामानहरु खुलेयाम रुपमा भित्रिने गरेको छ ।

प्रहरीले देखाउनका लागि ससाना सामान लिएर आउनेहरुलाई समातेर भन्सार बुझाउने गरेतापनि मिलोमतोमा आउने गरेको सामानलाई कसैले रोकतोक गर्ने गरेको छैन ।

प्रहरी प्रशासनको सेटिङ्गमा दैनिक, साप्ताहिक तथा मासिक रुपमा व्यपारीहरुसँग मोटो रकम लेनदेन गरी मुख्य भन्सार कार्यालयबाट नै प्रतिवन्धित खाद्यन सामग्री तथा अन्य उपभोग्य इलोक्टोनिक्स समानहरु नेपाल आउने गरेको श्रोतको दाबी छ । अबैध समान समेत लाखौको माल समान आउने गरेको एक स्थानीयले बताए ।

नाम उल्लेख नगर्ने शर्तमा एक जना व्यापारीले प्रति महिना १५ हजार गरी बोदे बर्साईनका दुबै प्रहरी चौकीमा दिने गरेको बताए । ‘सशस्त्र बिओपीमा पनि मासिक २० हजार सम्म मानसिक प्रहरी चौकीमा १० हजारका दरले मासिक बुझाउने गरेको छु । त्यसैले हामीलाई कुनै डर छैन ।’

यस विषयमा जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवत्ता एवंम डिएसपी माधव प्रसाद काफ्ले संघ कुरा गर्दा सम्पर्क हुन सकेन तर केही महिना अगाडि हामी यो बिषयमा कुरा गर्दा हामीलाई यो बिषयमा कुनै जानकारी नभएको बताए ।