जनकपुरधाम । मैथिली रंगमंचमा जम्दै गरेकी नाम हो माहि तनवीर खान । विराटनगर महानगरपालिका–६ सरोचियामा जन्मेकी माहि मैथिली भाषा भाषी नभए पनि पछिल्लो आधि दशकदेखि मैथिली रंगमंचमा क्षेत्रमा प्रसिद्धिको पाईला अगाडि बढाउदै आएकी हुन् ।
सयौ म्युजिक भिडियो तथा शट फिल्ममा काम गरिसकेकी माहिको रंगमंच यात्रा त्यति नै संघर्षरत र कठिन पनि छ ।
हुन त रंगमंचको विषयमा मधेशमा अझै पनि संकीर्ण मानसिकता र नकारात्मक सोच हावी छ । जुन समाजमा छोरा र छोरी बीच विभेद छ, जहाँ छोराभन्दा छोरीको स्वतन्त्रतामा समाजमा प्रश्न गरिन्छ ती समाजबाट कुनै महिला रंगमंचको क्षेत्रमा आउनु नै ठूलो मिसाल(उदाहरण) हुन जान्छ ।
मुस्लिम सामुदायमा महिलालाई समाजिक तथा धार्मिक रीतिरिवाज नामक अनुशासनको दायरामा बढी कसिएको हुन्छ । त्यसले पनि बेला बेलामा महिला प्रति मुस्लिम समुदाय अनुदार रहेको आरोप पनि लाग्ने गरेको छ । मुस्लिम समुदायका महिलाले लगाउने बुर्का, हिजाफबाट वाहिर निस्किएर रंगमंचमा आउने नगन्य महिला मध्येकी एक हुन् माहि खान । उनी बाल्यकालदेखि नै मोडलिङ्ग र कला क्षेत्रमा औधी रुचि राख्ने विद्यालमा हुने हरेक सास्कृतिक कार्यक्रममा सहभागी हुने गर्थिन ।
विद्यालयमा हुने मोडङ्गि, नाटक तथा नृत्यसहितका कार्यक्रममा उल्लेखनीय प्रदर्शन गर्दै कयौ पुरस्कार हात पारिन् । यसले माहिलाई यो क्षेत्रमा लाग्न हौसिदै गईन । यसरी २०७० सालमा एसएलसी उतीर्ण गरेपछि उनले रंगमंच क्षेत्रमा आफ्नो भविष्य खोज्न थालिन् । तर घरपरिवारबाट सहयोग पाईरहेकी थिईन्न् माहिले । रंगमंचमा लाग्दा सानो कपडा लगाउनुपर्छ, को को सँग कहाँकहाँ जानुपर्छ जस्ता कुराले घरपरिवार भित्रबाट उनलाई अवरोध हुनथाल्यो ।
माहि भन्छन्, ‘मलाई आमा भन्दाबढी बुवा तनविर खान यो विषयमा अलि सहज हुनुहुन्थयो । उहाँबाटखासै अवरोध भएन । तर गाउँसमाजले कुरा काटने, विभिन्न प्रकारका लान्छना लगाउने हुँदा बुवाबाट पनि खासै सहयोग पाउन सकेनन् ।’ माहिलाई रंगमंचको क्षेत्रमा लाग्न घरबाटै अवरोध भए पनि उनी यो क्षेत्रलाई छोडने बनाई सकेकी थिईन । उनी अर्को कामको गर्ने भनेर विराटनरबाट मधेश प्रदेशको राजधानी जनकपुरधाममा आइन ।
जनकपुरधाममा उनी पत्रकारिता गर्ने मनसाय बनाइन । तर पत्रकारितामा उनी कुनै राम्रो मिडिया हाउस पाउन सकेनन् । त्यसपछि जनकपुरधामका केही विद्यालयहरुमा नृत्य शिक्षकको रुपमा काम गरिन् । समय आफ्नो रफ्तारमा बित्दै गयो । जनकपुरमा ‘मिस्टर एण्ड मिसेजजनकपुर’ शो हुने भनेर प्रचारप्रचार सुरु भयो । मोडलिङ्ग र रंगमंच क्षेत्रलाई छोड्ने मुडमा पुगेकी माहिलाई ‘मिस्टर एण्ड मिसेज जनकपुर’ शो ले पुनःयो क्षेत्रमा आकर्षित गर्यो । उनी मोडलिङ्ग तयारी पुनःथाले तर संयोगवश त्यो शो हुन सकेनन् । त्यसपछि उनी जनकपुरका चर्चित नाटक संस्था मिनापसँग जोडिन पुगिन् ।
मिनापसँग जोडिएर माहिखानको लोकप्रियता बढ्दै गयो । मिनापकै माध्यमले माहिले भारतको दिल्ली, राजस्थानको जयपुर, उत्तर प्रदेशको प्रयागराज्य सहितका स्थानमा ‘जानकीलीला’उल्लेखनीय भूमिका निर्वाह गर्दै उनको प्रसिद्धि झन बढ्दै गयो । माहि भन्छिन्,‘जनकपुरले रंगमंचको क्षेत्रमा एउटा पहिचान दियो । आज जनकपुरबाटै मलाई रंमंचमा लाग्न उर्जा थपियो । शायद विराटनरमा भएको भए मैथिली रंगमंचको क्षेत्रमा यतिको स्थान पाउने थिएन । त्यसकारण जनकपुरसँग मेरो गहिरो सम्बन्धहुन पुगेको छ ।’
माहि भन्छिन, ‘रंगमंच पर्दामा मात्रै राम्रो देखिन्छ । तर पर्दा पछाडिको अवस्था निकै कठिनाई र चुनौतीपूर्ण छ । सबैले म्यानेज गर्न सकिदैनन् । कारण आर्थिक रुपमा यो क्षेत्र मरुभूमि जस्तै छ । मैले मैथिली रंगमंचको कुरा गरिरहेको छु । वाहिर मुलुकमा त यो आर्थिक रुपमा यो धेरै सबल छ ।’ यो क्षेत्रमा घरबाटै ठूलो संघर्ष गरेर प्राय किशोरी आउछिन्,, माहि भन्छिन, यस्तो अवस्थामा घरपरिवारबाट पनि खासै सहयोग हँुदैन, काम गर्दा पनि आवश्यकता अनुसारको पैसा हुँदैन । यस्तोमा अवस्थामा
कसैसँग सहयोग लिनुपर्ने हुन्छ । अभाव, दबाब र प्रभावमा काम गर्नुपर्ने वाध्यता हुन्छ ।’
‘रंगमंचमा लाग्ने कलाकारले राम्रो प्लेटफर्म पाईरहेको छैन, न त मिथिला कला साहित्यको क्षेत्रको यसको विकास नै भएको छ, उनी अगाडि भन्छन्,‘ यो क्षेत्रमा व्यवसायी रुपमा लगानी गर्नेको संख्या एकदम न्यून छ । कोही लगानी गर्न चाहदैनन् । केही सौखिया रुपमा मात्रै एक/दुई वटा फिल्म तथा भिडियो म्युजकमा लगानी गर्छन । तर त्यसको बजार व्यवस्थापन गर्न नसक्दा लगानी पनि आधि रकम पनि आउदैनन् ।’
माहि भन्छिन्,‘ मैथिली फिल्म तथा म्युजिक भिडियोहरुको बजार नभएको होइन, नेपाल र भारत मिलाएर करिव २ करोड दर्शकहरु मैथिलीका छन् । तर समय सापेक्ष र उहाँको माग अनुसारको फिल्म उत्पादन नहुँदा पनि दर्शकको रुची हँुदैन । नेपाल र प्रदेश सरकारको उदासीनताको कारणले पनि यो क्षेत्रले समय अनुसार विकास गर्न नसकेको उनी बताउछिन् ।
राज्यले कहिले पनि मैथिली भाषाभाषी फिल्मको विकास, संरक्षण प्रवद्र्धन गर्ने काम गरेन्, यी क्षेत्रलाई वाहिर सम्मान र मर्यादित पेशा बनाउन जोडबल गरेनन्, माहि प्रश्न गर्छिन,‘ मुलुकको हरेक राजनीतिक परिवर्तनमा कलाकारले पनि आफ्नो ठाउँबाट ठूलो भूमिका निर्वाह गर्यो तर राज्यले कलाकारहरुको लागि के गरेका छन् ? के सोच बनाएका छन् ।
Discussion about this post