जनकपुरभाम । संघर्षशील मधेशी मोर्चाले मधेश प्रदेशमा निर्वाचन हुन नदिने चेतावनी दिएको छ ।
शनिबार जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गरी मोर्चाका संयोजक कैलाश महतोले मौजूदा मिश्रित निर्वाचन प्रणालीको सट्टा पूणर् समानुपातिक निर्वाचन प्रणाली कायम गरी संघ र प्रदेशको निर्वाचन गराउनुपर्ने र स्थानीय निकायको निर्वाचनलाई पार्टीविहीन/निर्दलीय बनाउनुपर्ने मागसमेत गरेका छन् ।
‘देशको संशोधित अन्तरिम संविधान २०६३ कै मार्गदर्शनमा २०६४ र २०७० का संविधान सभाका निर्वाचनहरु भए पनि अन्तरिम संविधानले दिशा निर्देश गरेको मापदण्ड अनुसारको न त संविधान बन्यो, न संविधानसभाले सो अन्तरिम संविधानका मूल मुद्दाहरुलाई २०७२ को संविधानमा कुनै स्थान दियो । फलस्वरूप मधेश, पहाड र हिमाल समेतका बहुसंख्यक जाति, जनजाति, दलित, महिला, अपाङ्ग र लोपोन्मुख वर्ग र समुदायले आपत्ति जनाउँदै विद्रोहमा उत्रिए ।
२०७२ को संविधानको विरोधमा मधेशले झण्डै आधा वर्षजति आन्दोलन र जनविद्रोह जारी राख्यो, तर आन्दोलनलाई तिनै मधेशी दल, उसका नेतृत्व, नेता र कार्यकर्ताबाट अर्बौंको पेट्रोलियम पदार्थ लगायतका सामग्रीसँग साटफेर गरी सैकडौं मधेशी युवा र बालबालिका समेतको शहादतलाई बेच्ने काम गरियो । टिकापुरको थरुहट/मधेस विद्रोहलाई समेत कलंकित गरी रेशम चौधरीहरुलाई बलिको बोको बनाउने काम भयो’, उनले भने ।
मधेश आन्दोलनले देश र मधेशलाई दिनुपर्ने काम बढी रहेको स-प्रमाण अन्तर्गत मधेशले माग गरेको ‘सम्पूणर् मधेश-एक स्वायत्त प्रदेश’ लाई धज्जी उडाउँदै मधेशलाई ६ टुक्रामा विभाजित गरिएको उनको आरोप छ ।
त्यस्तै संविधानको रक्षा गर्ने जिम्मेवारी पाएका राष्ट्रपतिले नै पार्टीगत राजनीतिको शिकार भइ दुई/दुई चोटी प्रतिनिधि सभा विघटन गर्ने, पार्टी तोडफोडका लागि सरकार प्रमुखद्वारा नै ल्याइने अध्यादेशलाई मोहर लगाउने, सांसद अपहरण गरिरगराइएको असभ्य राजनीतिक तिकडमबाजीमा सहयोग पुर्याउने र राज्यका दुइटै सदनबाट बहुमतले पारित नागरिकता विधेयकलाई अमुक कुनै पार्टीको कठपुतली भइ पारित नगरिनुले संविधानको असफलताको मजबूत पक्षलाई उजागर गरेको महतोको आरोप छ ।
Discussion about this post