जनकपुरधाम । धनुषाको नगराईन नगरपालिका – २ लोसपा नेपालका जिल्ला कार्यकारिनि समिति सदस्य नेता रोहित कुमार चौधरीले दिए पदबाट राजिनामा दिएका छन् ।

उनले सामाजिक संजाल फेसबुकमा लेखे ‘म आजको मितिदेखि यस पार्टीको सम्पूर्ण  जिम्मेवारीबाट आफूलाई मुक्त गर्दै राजिनामा गरेको घोषणा गर्दछु’।

त्यस्तै,‘मैले गरेको राजनीति र यस लोसपा नेपाल पार्टीको सिद्धान्त वीचार म जस्तो बुझ्दै आएको सद्धभावसंगै प्रतिबद्ध नरेकोले मैले राजिनामा दिएको छु ।’

चौधरी मधेश आन्दोलनको थालनी देखि नै आफू देश र मधेश प्रति बफादार रहेको र आउँदो समयमासमेत आफ्नो मुद्दालाई जीवन्त राख्ने प्रतिबद्धता समेत ब्यक्त व्यक्त गरेका छन् ।