काठमाडौं। स्वतन्त्र नागरिक समाज यस पत्रमार्फत तथा जेन जी का बागमती प्रदेशका संयोजक  इञ्जिनियर किरण के.सी. को देश र समाजप्रतिको उल्लेखनीय योगदानप्रति जनचेतना र सम्मान प्रकट गरेका छन् ।

शुक्रबार इञ्जिनियर के.सी  ३१ वर्षका  के.सी. एक इञ्जिनियर तथा समाजसेवी युवा हुन्, जसले अस्ट्रेलियाको Federation University बाट स्नातकोत्तर (Masters) डिग्री हासिल गरेका छन्। उनले अस्ट्रेलिया र नेपाल दुवै देशमा व्यवसाय सञ्चालन गर्दै आएका छन् र नेपालमा दुई कम्पनीहरू सञ्चालन गरेका  छन्।

सामाजिक दृष्टिले, किरण के.सी. निरन्तर रुपमा सामाजिक न्याय, पारदर्शिता र सुधारका आन्दोलनहरूमा अग्रणी भूमिका खेल्दै आएका छन्।

यस्ता छन् मागहरु :-
• मिटर ब्याज आन्दोलन (Meter Byaji Andolan)
• भ्रष्टाचारविरुद्धको अभियान (Anti-Corruption Movement)
• Gen-Z आन्दोलन, जसमा उनले पहिलो दिनदेखि सरकार गठनसम्म निरन्तर सक्रिय भूमिका निर्वाह गरे।

यी सबै अभियानहरूमा उनको अग्रणी सहभागिताले उनको साहस, इमानदारी र जनउत्तरदायित्वप्रतिको प्रतिबद्धता स्पष्ट देखिएको छ।

के.सी. ले चीन, थाइल्याण्ड, भियतनाम, भारत, अस्ट्रेलिया, श्रीलंका लगायतका थुप्रै देशहरूको भ्रमण गरी अन्तर्राष्ट्रिय अनुभव र दृष्टिकोण प्राप्त गरेका छन्, जसले उनलाई नेपालको विकास र सुशासनका मुद्दा अन्तर्राष्ट्रिय स्तरमा जोड्न सक्षम बनाएको बताइएको छ।

उनले अघिल्लो निर्वाचनमा काठमाडौं–७ बाट स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिनिधि सभाको सदस्य पदका लागि उम्मेदवारी दिएका थिए। त्यो अभियानमा युवाहरू, सामाजिक अभियन्ता र स्वतन्त्र समूहहरूको व्यापक समर्थन प्राप्त भएको थियो।

के.सी. नेपालका युवाबीच अत्यन्त लोकप्रिय व्यक्तित्व हुन्, र विभिन्न स्वतन्त्र संघ–संस्थाहरूले पनि उनीप्रति स्पष्ट सकारात्मक धारणा राखेका छन्।

स्वतन्त्र नागरिक समाजको ठम्याइमा, काठमाडौंका किरण के.सी. एक अन्तर्राष्ट्रिय रूपमा चिनिएका, सामाजिक रूपमा उत्तरदायी र Gen-Z पुस्ताबाट व्यापक समर्थन प्राप्त युवा हुन्, जसलाई नेपालका मन्त्रालय तहसम्म जिम्मेवारीसहित अगाडि बढाउने उत्कृष्ट विकल्प मानिन्छ।

उनले हामी सम्पूर्ण नागरिक, स्वतन्त्र समूह, र नीति–निर्माताहरुलाई इमानदार, सक्षम र दूरदर्शी युवा नेतृत्वलाई समर्थन गर्न अनुरोध गर्दछौं, जसले नयाँ नेपालको आशा र परिवर्तनको बाटो देखाउन सक्छ बताएका छन् ।