जनकपुरधाम । जनकपुरधाममा “ए रस प्रोडक्सन” तथा “रा डिजिटल नेपाल” को प्रस्तुतिमा निर्माण भएको नेपाली कथानक चलचित्र “एक्टर थ्रिलर” फिल्म “कुम्भ” (The Reign of Power) को हिन्दी–नेपाली भाषामा प्रमोसन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

करिब १ करोड ५० लाख रुपैयाँको लगानीमा निर्माण भएको यस चलचित्रले दर्शकमाझ विशेष अपेक्षा जगाएको छ।

यो चलचित्र नेपाली सिनेमाका दिग्गज कलाकार, स्वर्गीय सुनिल थापाको अन्तिम चलचित्र भएकोले यसको महत्व अझ बढेको छ।

जनकपुरधामस्थित रघुपति पार्टी प्यालेसमा सम्पन्न कार्यक्रममा चलचित्र “कुम्भ” को कथा, अभिनय तथा आगामी प्रदर्शन (जेठ १५ / May 29) सम्बन्धी जानकारी दिइनुका साथै उपस्थित अतिथिहरूले शुभकामना व्यक्त गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथि तथा विशेष उपस्थिति:कार्यक्रममा अशोक आर्यन यादवले अध्यक्षता गर्नुभएको थियो भने मधेश प्रदेश प्रमुख माननीय राम आशिष यादव प्रमुख अतिथि रहनुभएको थियो।

साथै विशेष उपस्थितिमा जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारी, राष्ट्रिय स्वतन्त्र पार्टी मधेश प्रदेशका युवा प्रमुख अम्बु प्रसाद साह, उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठ तथा उद्योग उपाध्यक्ष गौतम साहको उपस्थिति रहेको थियो।

त्यसैगरी मधेश प्रदेश चलचित्र बोर्ड तथा लोक सञ्चार बोर्डका पूर्व सदस्य पुष्पा यादव, कलाकार सरोज सन्त, श्री महावीर युवा कमिटीका पूर्व अध्यक्ष अजय गुप्ता लगायतको उल्लेखनीय सहभागिता रहेको थियो।उक्त कार्यक्रमको उद्घोषण विकास साहले गर्नुभएको थियो भने “कुम्भ” फिल्मका मिडिया पार्टनर “मधेशटप” का दीपक गुप्ता जीको संयोजकत्वमा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको थियो।