जनकपुरधाम। बैंकिङ कसुर तथा आर्थिक ठगीसम्बन्धी मुद्दामा कृष्णचन्द्र ठाकुर पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय धनुषाले बैंकिङ कसुरसम्बन्धी घटनाको अनुसन्धानका क्रममा ठाकुरलाई पक्राउ गरेको हो।

यस प्रकरणमा उनकी श्रीमती निलम ठाकुर र दुई छोरी कृपा ठाकुर तथा कृति ठाकुर भने अझै फरार रहेको बताइएको छ।

जाहेरवाला राजन झासँग भएको आर्थिक कारोबार तथा चेकमार्फत रकम भुक्तानी गर्ने विषयमा विवाद उत्पन्न भएपछि यो मुद्दा प्रहरीसम्म पुगेको हो।

जिल्ला प्रहरी कार्यालय धनुषाले घटनासम्बन्धी थप अनुसन्धान अगाडि बढाएको छ।