काठमाडौँ : “राज संस्था र धार्मिक स्वतन्त्रता सहितको धर्म सापेक्ष वैदिक सनातन हिन्दु राष्ट्र पुनःस्थापना, अधिकार सम्पन्न बैज्ञानिक संघीय संरचना र जनतान्त्रिक शासन प्रणाली” को बहालीका लागि “राष्ट्रिय नागरिक आन्दोलन-२०७७” को उदघोष गरेका जनतान्त्रिक तराई मुक्ति मोर्चा एवं राष्ट्र बचाउ अभियानका राष्ट्रिय संयोजक एवं अध्यक्ष डा. मनोज मुक्ति “विवेक” (डा. मनोज कुमार झा) ले आज एक प्रेस वक्तव्य जारी गर्दै आफनो पार्टीको निर्णय सार्वजनिक गर्दैगर्दा वर्तमान शासन ब्यवस्था र बाबुराम भट्टराई माथी तिखो प्रतिक्रिया व्यक्त गर्नुभएको छ, प्रेस वक्तव्यमा भनिएको छ कि,

आदरणीय मुक्ति कामी जनसमुदाय,

बैठकको निर्णय एवं संघर्षका आगामी कार्यक्रम घोषणा गर्दैगर्दा मैले प्रयोग गरेका शब्द मैले नै उच्चारण गर्न लज्जित छु तर वास्तविकतालाई नकार्न सकिदैन, “धोतीलाई टोपी लगाईदिए” भन्ने भनाईलाई चरितार्थ भएको देख्दा दुखित छु, चिन्तित छु, नेपाल नै नरहने हो कि ?, हामी नेपाली नै नकहलिने हो कि ? सोच्ने अवस्थामा पुगेको छु ।

“दोगला, डपोरशंख, दलाल” लगायत का शब्दहरुको अर्थ एवं प्रयोग राजनीतिमा कुन स्थान राख्द छ भन्ने कौतुहलताले निरन्तर सताइरहेको अवस्थामा बल्ल भौतिक एवं दृश्य रुपमा हेर्दैछु महशुस गर्दैछु ।

“बौलाहाराम जस्ता डलरवादी अभियन्ता एवं मेशिनरी जे न यु द्वारा उत्पादित डाक्टरको सम्पर्क – संसर्ग – संगत मा महतो – यादव जस्ता राजनीतिक खुद्रा व्यापारीले शहिदका रगत बेच्नुलाई अचम्म मान्नु पर्दैन ।

तर, मेरा सम्मानीय, सर्वमाननीय, नेपाली राजनीतिका धुरन्धर – खेलाडी श्री ठाकुरजी पनि प्रभावित हुनु मधेश आन्दोलनका लागि दुखद हो ।

त्यसकारण, आम – देशभक्त मुक्ति कामी नेपाली – मधेशी तराईका मूल निवासी नागरिकहरुले सोंच्नैपर्ने बेला आएको छ । मधेश र मधेशीलाई व्यापारीकरण गर्ने हो कि राजनीतिकरण, मेशिनरीको चंगुलमा फसेर मठ – मन्दिर, चैत्य – गुम्बा भत्काउदै क्रिश्चियन धर्म अपनाउने हो कि ? यदि मातृभूमी नेपाल जोगाउने / बचाउने सोच राख्नु हुन्छ भन्ने राष्ट्रिय झण्डा र ॐ को झण्डा मुनि गोलबन्द होऔं ।

श्रीपेच सहितको नागरिकतन्त्र / जनतन्त्र, धार्मिक स्वतन्त्रता सहितको वैदिक सनातन धर्मसापेक्ष हिन्दु – राष्ट्र र “जनतान्त्रिक शासन व्यबस्था ” स्थापनाका लागि ” राष्ट्र बचाउ अभियान ” मा हातेमालो गर्दै ” राष्ट्रिय नागरिक आन्दोलन २०७७ ” लाई उत्कर्ष एवं निष्कर्ष सम्म पुर्याउन एकजुट होऔं ।

बैठकका निर्णयहरु :-

१) जिल्लाहरुबाट निर्णय भई केन्द्रिय सचिवालयमा निर्णयार्थ पठाएका प्रस्तावहरु “सोहि बमोजिम भब्य एवं सभ्य रुपले संचालन एवं समापन गर्न – गराउन” सहमति साथ निर्देशन दिईन्छ ।

२) २०७७ साल पौष २७ गते सोमबार “पृथ्वी जयन्ति”/ “राष्ट्रिय एकता दिवस” देशैभर मनाउने र जनतान्त्रिक तराई मुक्ति मोर्चा एवं राष्ट्र बचाउ अभियान मातहतका सबै संगठन, मोर्चा, सम्पर्क मंच र तिनका कमिटीहरुले आ-आफनो स्वबिबेक प्रयोग गरि जनतान्त्रिक विधिले निर्णय गरि भब्य एवं सभ्य तरिकाले मनाउने ।

धन्यवाद !! जय क्रान्ति !! जय जनता जय जनतन्त्र !!
जारी मिति २०७७/०९/११ गते शनिवार