• नरेन्द्र महतो

प्रतिनिधीसभा संसद विघटनको विरुद्धमा महोत्तरीको गौशालामा जसपा नेपालले शनिवार मसाल जुलुश प्रर्दशन गरेका छन । जनता समाजवादी पार्टी गौशाला नगरकमिटीको पदाधिकारीहरुले सरकारको विरोधमा नारावाजी गर्दै मसाल जुलुश निकालिएको हो ।

गौशालास्थित पार्टी कार्यालयबाट निकालिएको जुलुश नगरको विभिन्न भागको परिक्रमा गर्दै वजारको दुर्गा चौकमा पुगि कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै पार्टीका केन्द्रिय सदस्य रमेश महतो राहुलले प्रतिनिधीसभा विघटन गरेर सरकारले ऐतिहासिक गल्ती गरेको बताए।

केन्द्रिय सदस्य राहुलले अब सरकारले सो गल्ती नसचायाए पार्टी आन्दोलनलाई उग्ररुपमा लैजाने बताउदै अगाडि भन्नुभयो वर्तमान परिवेशमा प्रतिगामी शक्तिहरु चलखेल गरेतापनि जनताले सो को जवाफ दिनका लागि तयार रहेको छ । धर्मनिरपेक्षता र संघियताको मुद्दा बनाएर केही प्रतिगामीहरु लागि परेकोले सो को विरुद्धमा सशक्त भई आवाज बुलन्द गर्नका लागि नेपाली जनतालाई तयारी अवस्थामा बस्नका लागि केन्द्रिय सदस्य महतोले आग्रह गरेका छन । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरि हिटलर झै तानाशाही प्रवृति अनाएकोले नेपाली जनताको सो मान्य नहुने महतोले दावी गनुभयो । जनताको अभिमतलाई कुण्ठित पारि नौटंकीपुण रुपमा चुनावको दिवास्वप्न नदेख्न सरकारलाई नेता महतोले चेतावनी दिनुभयाे ।

कार्यक्रममा केनिद्रय सदस्य देव नारायण महतो, युवा संघका केन्द्रिय सदस्य दिपलाल महतो लगायतका जसपाका नेता कार्यकर्ताहरुको सहभागी रहेको थियो ।