जनकपुरधाम : समाजसेवी महेन्द्र प्रसाद साह नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेको छ ।
शुक्रवार जनकपुरधाम उप–महानगरपालिका वडा नम्बर १० देवी चौक स्थित आयोजित पार्टी प्रवेश कार्यक्रममा राजदेवी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष र सो एरियाको स्थानीयमा लोकप्रिय समेत रहेका समाजसेवी साहको नेतृत्वमा १५५ जनाले पार्टी प्रवेश गरेको हो ।

समाजसेवी साहले स्थानीय स्तरमा हुने विभिन्न धार्मिक, सांस्कृतिक कार्यक्रम र स्थानीय संघ संस्थाहरुलाई सहयोग गर्दै आइरहेका छन । नव प्रवेशीहरुलाई कार्यक्रमका प्रमुख अतिथि नेकपाका स्थाई कमिटी सदस्य एवम् पुर्व भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ र विशिष्ट अतिथि महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुली कुमारी महतोले माला र अबीर लगाएका स्वागत गरेका छन । प्रमुख अतिथिको आसन्नबाट बोल्दै पुर्व महासेठले कम्युनिष्टको आन्दोलनमा देवी चौकको महत्वपुर्ण भूमिका रहेको दावी गरे ।

विशिष्ट अतिथिमहिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुली कुमारी महतोले जनताले चाहेको समग्र विकासका लागी हामी काम गरिने प्रतिवद्धता जनाएका छिन । उनले जनताको भावना अनुसार काम गर्न नव प्रवेशीहरुलाई आग्रह गरेकी छन ।

समाजसेवी साहको नेतृत्वमा विनोद मंडल,राकेश साह,दिपक मंडल, गणेश भगत,रंजित भगत,पुनम महतो,शान्ति देवी मंडल, सुनैना देवी, विन्दा देवी मंडल,ममता देवी दास, रिना देवी मंडल, सिला देवी मंडल, रामबाबु मंडल,गोविन्द दास लगायतले पार्टी प्रवेश गरेका छन । आयोजित पार्टी प्रवेश कार्यक्रममा प्रदेश २ का प्रदेशसभा सदस्य रामचन्द्र मंडल,नेकपाका धनुषाका जिल्ला अध्यक्ष राजकिशोर यादव,प्रदेश उद्योग वाणिज्य महासंघका प्रदेश नं. २ का अध्यक्ष शिव शंकर साह(हिरा, राम युवा कमिटीका अध्यक्ष उपेन्द्र ठाकुर, जनकपुरधाम उद्योग वाणिज्य संघका उपाध्यक्ष सुरेन्द्र कुमार भण्डारी नेकपाका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।