कलैया : नेकपा प्रचण्ड- नेपाल पक्षका नेताहरुले बुधबार बारा सहित देश भर मसाल जुलुस निकालेको छ । प्रतिनिधि सभा विघटन, संवैधानिक निकायमा भएको नियुक्ति लगायतको विरोधमा प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले बुधबार साझ बारा को सदरमुकाम कलैयाआ मसाल जुलुस निकालेको हो । सदरमुकाम कलैया स्थित देवकोटा चौकबाट निकालिएको मसाल जुलुस कलैया को मुख्य बजार परिक्रमा गरि भरत चौकमा कोण सभामा परिणत भएको हो ।

मसाल जुलुस प्रदर्शन गर्ने क्रममा प्रदर्शन कारी र प्रहरी बिच केही बेर तनातान भएको थियो ।

मसाल जुलुस पार्टीका कलैया उपमहानगर पालिका अध्यक्ष जवाहिर अंसारिको नेतृत्वमा निस्केको थियो। कलैया उपमहानगर कमिटी सचिव मुकेश साहले मसाल जुलुश पछी कोण सभा मा बोल्दै बिहीवार हुने आम हडताललाई यातायात ब्यवासायी , व्यापारी श्रमिक , लागायत आम जन समुदाय लाई बन्द गरि सहयोग र गरि दिन आग्रह गरेका थिए । यस्तै बन्द को प्रभाव पर्ने भए पछी बारा को कलैया सहित देश भर का बिधालय बिहिवार ले बन्द गर्ने निर्णय गरेको छ ।