सप्तरीमा युनेस्कोका विषयहरुमा आधारित परिक्षण कार्यक्रम सम्पन्

मधेश टप संवाददाता
चैत-२० गते शुक्रवार राजविराज
: सप्तरीमा युनेस्कोका विषयहरुमाआधारित परिक्षण कार्यक्रम सम्पन्न भएको छ।

राजविराज नगरपालिका स्थित रहेको केसो अनिरुद्दवति माध्यमिक बिद्यालयमा आज सप्पन्न कार्यक्रममा युनेस्कोका विषयहरुमा अधारित परिक्षण तथा अन्तक्रिर्या सम्पन्न भएको हो ।

शिक्षा,संस्कृति ,बिज्ञान ,आम सञ्चार तथा मानव समाजका प्रमुख विषय क्षेत्रलाई लिएर विश्व शान्ति र समृद्धिका लागि समर्पित युनेस्को संयुक्त राष्ट्र संघको बिभागिय स्वयंसेवी संस्था हो।युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगले शिक्षा,बिज्ञान तथा प्रविधि मन्त्रालय मार्फत कार्यक्रमहरु सञ्चालन गरिरहेका छन।युनेस्कोलाई स्थानीय तह सम्म आफ्नो कार्यक्रमहरु ल्याउने उदेश्यले अन्तक्रिर्या कार्यक्रम आयोजना गरिएका हुन।

सो कार्यक्रमका सहभागीहरुले गुणस्तरीय शिक्षा,आम संचार सम्बन्धि तालिम ,जनचेतनामूलक गतिविधिहरु,प्राविधिक तथा व्यवसायिक शिक्षा सम्बन्धि तालिमहरु माध्यमिक स्तरीय बिद्यालयमा सञ्चालन गर्नुपर्ने सुझाव दिएका थिए ।

शिक्षा,बिज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगका सचिवालयको आयोजनामा सम्पन्न कार्यक्रमको अध्यक्षता आयोगका कार्यकारिणी सदस्य र पुर्व संविधानसभा सदस्य तथा नेकपा (एमाले)की नेतृ रन्जु झा ठाकुरले गरेको थियो भने प्रमुख अतिथि राजविराज नगरपालिकाकि उपमेयर साधना झाले गरेको थियो।यसैगरी अतिथिका रुपमा सो नगरपालिकाका प्रशासकीय अधिकृत मदन कुमार थापाले गरेको थियो।

यसैगरी कार्यक्रममा माध्यमिक बिद्यालयका प्रधानाध्यापकहरु,पत्रकारहरु,राजविराज नगरपालिका वडा न.८ अध्यक्ष जयनारायण मंडल ,युवा,बिद्यार्थी,शिक्षक तथा महिलाहरु लगायत करिब ५० जनाको उपस्थिति रहेको थियो।