चैत्र २७ ,सिरहा (मधेश टप):    प्रदेश नम्बर २ सिरहा जिल्लाको एक निजि  स्कुलमा क्लास वर्क नगरेकोमा एक शिक्षकले विद्यार्थीमाथी निर्दयी जस्तो कुटपिट गरेको छ।

जिल्लाको मिर्चैया नगरपालिका -६ स्थित रहेको सगरमाथा माद्यामिक बिधालयका  शिक्षक दिनेश चन्द्र ठाकुर (डिटि) ले कक्षा ७ मा अध्यनरत १४ वर्षीय विद्यार्थी शेखर महतो लगायत ९ जना विद्यार्थीमाथी गत मंगलबार निर्दयी जस्तो व्यबहार गरि कुटपिट गरेको हो ।

शेखर भन्छन : म सधै ज्स्तै  मंगलबार पनि स्कुल गएको थिए । क्लासको सबै विद्यार्थी लाई सरले क्लास वर्क गर्न दिइयो। म पनि त्यो वर्क गर्न थाले त्यो क्लास वर्क लगभग आधा भन्दा बढी गरिसकेको थिए तर सर अर्को प्रश्न लाई हल गर्न थाल्यो, अनि भन्यो कि यो प्रश्न हेर अनि म त्यो प्रश्न हेर्नथाले तेसपछी सर मेरो बेन्ज अगाडि आउनुभयो चेक गर्नलाई , सरले मलाई सोध्यो तिमी क्लास वर्क बनायो कि नाइ ? मैले भने सर म क्लास वर्क बनाइसकेको छु तर प्रश्नको उतर आउन बाकी छ ।

यति सुने बितिकै सरले मलाई एक झापड हिर्कायो अनि अगाडी गएर उभन लगाएयो । तेसपछि थप ८ जना साथी लाई कुटेर अगाडि ल्याइयो । अनि अगाडिमा सरले बासको फटा (लठ्ठी ) लिएर आठौं जनालाई निर्दयी जस्तो कुट्यो अन्तमा मलाई पनि त्यो लठ्ठी लिएर लगभग १६/१७ पल्ट  हान्यो र ९० पल्ट उठक बैसक लगायो अनि आफ्नो ठाउँमा जान भन्यो ।  तेसपछी म गईरहदा पछाडि तर्फपनी फेरि २/३ लठ्ठी हानेको र दुई दिन बितिसक्दा पनि ड्याम शरीरमा रहेको शेखरले मधेश24 का पत्रकार किसमत सिंह लाई बताएका छन ।

नेपालको  कुन कानुनमा यसरी विद्यार्थी लाई  कुट्न पिटन  लेखेको  प्रश्न शेकरले  उठाएका छ्न ?

नेपाल कानुन अनुसार विद्यालय हाता भित्र वा विद्यालय क्षेत्रमा बालबालिकालाई शारीरिक र मानसिक यातना दिएको पाइएमाबालबालिका सम्बन्धी कसुर २०७५ अनुसार एक वर्षसम्म कैद र ५० हजारसम्म आर्थिक जरीवानाको व्यवस्था कानुनमा रहेको छ।