काठमाडौ ।प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएसँगै बहुमतको सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गर्ने तयारी गरेकी छन् ।
सोमबार प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीले विश्वासको मत मागेकोमा पक्षमा जम्मा ९३ मत मात्र प्राप्त भएपछि उनी पदमुक्त भएका हुन् ।
यसबारेमा संसद् सचिवालयको आधिकारिक पत्र पाएपछि राष्ट्रपतिले बहुमतको सरकार गठनका लागि आह्वान गर्ने तयारी रहेको शितलनिवास स्रोतले जनाएको छ ।