काठमाडौँ :  जसपाका अध्यक्ष महन्थ ठाकुरले अहिले वैकल्पिक सरकार गठनमा संलग्न हुनुर जसपाको उद्देश्य विपरीत भएको बताएका छन् ।

सोमबार विज्ञप्ति जारी गर्दै अध्यक्ष ठाकुरले वर्तमान राजनीतिक परिस्थितिमा जसपा नेपाल सत्ता प्राप्ति भन्दा पनि एजेन्डा सम्बोधनको विषयमा केन्द्रित रहेको बताउँदै वैकल्पिक सरकार जसपाको उद्देश्य विपरीत भएको बताएका हुन् ।

उनले भने, ‘वर्तमान राजनीतिक परिस्थितिमा जसपा नेपाल सत्ता प्राप्ति भन्दा एजेन्डा सम्बोधनको विषयमा केन्द्रित रहेको र मुद्दा सम्बोधन नै जसपा नेपालको मूल ध्येय रहेको अवस्थामा मुद्दाबाट विचलित भई सरकार निर्माण गर्ने, सरकारमा सहभागी हुने वा कुनै पनि किसिमको वैकल्पिक सरकार गठनमा संलग्न हुने कार्य जसपा नेपालको उद्देश्य विपरीत हो, मधेश आन्दोलनको मर्म र भावनाको प्रतिकुल हो, त्यस्तो कार्यबाट झन् अस्थिरता हुने तथा एजेन्डा सम्बोधनको कार्य अझै अनिश्चितता तर्फ धकेलिने निश्ति प्रायः छ ।’