काठमाडौँ ३१ (मधेश टप):  नेपालको राजनीतिक क्रम ४२ औ प्रधामन्त्रीको रुपमा नियुक्त नेकपा एमालेका अध्यक्ष एवम् संसदीय दलका नेता केपी ओलीले आज दिउसो प्रधानमन्त्री पदको सपथ लिने भएका छन् । राष्ट्रपति कार्यालले आज दिउसो २ बजेका लागि प्रधानमन्त्रीको सपथग्रहण कार्यक्रम तय गरेको छ ।

राष्ट्रपति  विध्यादेवी भण्डारीले ओलीलाई संविधानको धारा ७६ को उपधारा ३ अनुसार प्रधानमन्त्री नियुक्त गरेकी हुन् ।  वैशाख २७ गते प्रतिनिनिधिसभाबाट विश्वासको मत गुमाएपछि पदमुक्त भएका प्रधानमन्त्री ओली गठवन्धन सरकार बनाउन राष्ट्रपतिले आह्वान गरेको समयसीमाभित्र कुनै दलहरुको दावा नपरे पछि संसदमा प्रतिनिधत्तव गर्ने ठूलो दलको हैसियतमा ओली पुनः मुलुकमा प्रधानमन्त्री बनेका हुन ।

ओली नेपालका कति औँ प्रधानमन्त्री हुन् ? - Pariwartan Khabar Pariwartan  Khabar

प्रधानमन्त्री ओलीले अब ३५ दिन भित्र संसदबाट विश्वासको मत लिनु पर्ने हुन्छ । विश्वासको मत लिनुअघि सम्म मन्त्रीमण्डमा ओलीले पुरानेै टिमलाई निरन्तरता दिने भएका छन् ।

केपी ओली मुलुकको ४२ औँ प्रधानमन्त्री भएका छन्। यस अघी ओली २०७२ पहिलो पटक २०७४ फागुन ३ गते ओली दोस्रो कार्यकालका लागि प्रधानमन्त्री नियुक्त भएका थिए। यो ओलीको तेस्रो कार्यकाल हो ।