महोत्तरी ।  संसद विघटन गरेर असंवैधानिक र प्रतिगामी कदम चालेको भन्दै नेकपा माओवादी केन्द्र निकट भातृ संगठन वाईसीएल नेपालले बर्दिबास नगरपालिका सहित महोतरी बिभिन्न स्थानीय तहमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ ।

संकटको घडीमा मध्यराति सुनियोजित तवरले संसदको हत्या गर्नु प्रधानमन्त्री र राष्ट्रपतिको नालायकी र कायरपना भएको ले पुत्ला दहन गरे बर्दिबास नगर उपाध्यक्ष अशोक महतोले बताए।

देशी विदेशी शक्तिको इसारामा देशको बेहाल बनाएर संविधान र जनताको हुर्मत लिने काम प्रधानमन्त्री र राष्ट्रपतिबाट हुनु देशको लागी दुर्भाग्य भएको उनको भनाइ छ । महतोले देशैभरका क्रान्तिकारी, देशभक्त र देशलाई माया गर्ने युवाहरुलाई आफ्नो ठाउँबाट यस्तो गलत प्रवृत्ति र व्यक्तिको विरोध गर्न अपिल समेत गरेका छन् ।

पुत्ला दहन कार्यक्रममा वाईसीएल बर्दिबास नगर अध्यक्ष बाबु चौलागाई, करन मगर, निरज ढुगना , दिपक महतो लगायत अनन्य सदस्यहरुको उपस्थिति थियो ।