काठमाडौँ :  लामो समय देखि राज-संस्था र हिन्दु अधिराज्य पुनःस्थापना लगायतका विभिन्न माग राखी चरणबद्ध आन्दोलनरत जनतान्त्रिक तराई मुक्ति मोर्चा एवं राष्ट्रिय नागरिक आन्दोलन तथा राष्ट्र बचाउ अभियानका संयोजक डा. मनोज मुक्ति “विवेक” (डा. मनोज कुमार झा) ले हालै जारी नेपाल नागरिकता अध्यादेश २०७८ (पहिलो संशोधन) लाई आधार बनाएर सामाजिक संजाल देखि विभिन्न संचार माध्यममा मधेशी जनतालाई होच्याउने, गाली-गलौंच गर्ने, घोचपेच गर्नेहरुलाई उनकै भाषा-शैलीमा जवाफ दिदै आफ्नो सामाजिक संजाल मार्फत चेतावनी दिएका छन् ।
उनको भनाइ यस प्रकार रहेको छ,

भारतीय दूतावासको आशिर्वाद र अनुकम्पामा छोरा-छोरीको अध्यन देखि शक्तिशाली मन्त्रालय र पार्टी पद सम्म पडकाउन सफल “खुनकार राष्ट्रवादी क. भिम रावल” लाई लाल-गद्दार किन न भन्ने ?
विदेशीले नेपालको नागरिकता कसरी लिन्छन् भने अनुभव र जानकारी भीम रावलहरु लाई भन्दा बढ़ी अरुलाई कसरी हुन सक्दछ, कारण रावलहरुको उदगमस्थल “रावलपिंडी” (इस्लामाबाद), पाकिस्तान हो, जुन भीम रावलको पूर्खाको पनी उद्गम स्थल हो । भीम रावलहरु त्यहाँबाट आएर नेपालमा बसेको बर्तमान गृह जिल्ला अछाम, रावलपिंडीबाट १००० कि.मी. टाढा अवस्थित छ। अनी भीम रावलहरु कसरी नागरिकता लिए अनी खांटी नेपाली राष्ट्रवादी हुन पुगे उनी संग त्यो कला सिक्नै पर्ने हुन्छ ।
“पिंड” पंजाबी भाषा र पंजाबमा “गाउँ” लाई भनिन्छ र “रावल पिंडी” भनेको रावलहरु बसोबास गरेको गाउँलाई बुझिन्छ जसरी कि नेपालमा बस्ने नेपाली, भारतमा बस्ने भारतीय, मिथिलामा बस्ने मैथिल, भोजपुरमा बस्ने भोजपुरी ईत्यादी ।
कुमाउ, गडवाल, राजस्थान, भुटान, तिब्बत, बर्मा लगायतका स्थानबाट यता नेपाल आई यहाँ कै धर्तीपुत्रहरुलाई विभिन्न षड्यन्त्र तहत आपसमा लडाई तथा शासन-सत्तामा कब्जा गरि बसेका तथा दाम र कुर्सीको लोभमा देशलाई विसर्जन तिर उन्मुख गर्न सफल यस्ता देशद्रोही, राष्ट्रघाती, जनतामारा, देशबेचुवा, भगौडा तथा विदेशी प्रभुहरुको अबैध सनतानहरुलाई चिन्हौं, सतर्क रहौं, प्रतिकार र प्रतिवाद गरौं ।
समस्याको मुल जडो नै संविधान र ब्यवस्था हो यसलाई पशुपति आर्यघाटमा विसर्जन गरौं ।
पशुपतिनाथले सबैलाई सदबुद्धी दिउन ।। सबैलाई चेतना भया ।।

भ्रम फैलाउनेहरु समय मिलाएर पढ्नु ।

जन्मको आधारमा नागरिकता लिने मधेशी भन्दा गैर मधेशी नै बढ़ी :
चैत्र ३, २०७५मा सम्मानित सर्वोच्च अदालतमा संविधानको धारा ११(३) अनुसार गृह मन्त्रालयको परिपत्र अनुसार नै नागरिकता दिन भएको वहसको क्रममा नेपाल सरकार, गृह मन्त्रालय द्वारा सो मिति सम्म वितरित नागरिकताको प्रमाणपत्रबारे श्री सर्वोच्च अदालतमा पेश भए-गरेको लिखित जानकारी यस प्रकार छ :–
सो मितिसम्म वितरित कुल नागरिकता प्रमाणपत्र :- दुई करोड २१ लाख ५८ हजार १३९
यस मध्ये,
वंशज :– २ करोड १५ लाख ४१ हजार ४१९
जन्मसिध्द :– १ लाख ९० हजार ७२६
वैवाहिक अंगीकृत :– ४ लाख १२ हजार ९०७
जन्मसिध्दका सन्तान अंगीकृत :– ४ हजार ७७०
विदेशी नागरिकको अंगीकृत :– ८ हजार १६४
नेपाली आमा विदेशी बाबुको सन्तान अंगीकृत :– १५३
जन्मको आधारमा नागरिकता सब भन्दा बढ़ी क्रमश :- झापा, मोरंग र सुनसरीमा
गृह मन्त्रालयको डाटा अनुसार नागरिकता ऐन २०६३ बमोजिम जन्मको आधारमा प्रदान गरिएका नेपाली नागरिकता जम्मा १,९०,७२६ हो जब कि कसैले २६ लाख त कसैले ५३ लाख भन्दा रहेछन । यो ऐनको आधारमा सब भन्दा बढ़ी तिन जिल्लामा मात्रै ७०,७४० ( झापा २६,४३०, मोरंग २२,७४३ र सुनसरी २१,५६७ ) नागरिकता प्रदान गरिएको छ भने प्रदेश नं २ का ८ जिल्लामा जम्मा ६४,०३९ ( पर्सा १५,०१७ धनुषा १३,८०१ सर्लाही ११, ८९७ बारा ११,१४४ महोत्तरी ६,५९८ सप्तरी ५,७९४ सिरहा ५,३४६ रौतहट ४,३५२) प्रदान गरिएको छ । झापा मोरंग सुनसरी पछि सब भन्दा बढी रूपन्देही जिल्लामा १५,०२९ नागरिकता प्रदान गरिएको गृह मन्त्रालयको डाटामा छ । यस बाहेक नेपालका अन्य जिल्लाहरूमा ४०,९१८ नागरिकता जन्मका आधारमा नेपाल नागरिकता ऐन २०६३ बमोजिम प्रदान गरिएको छ ।