मधेश टप डेस्क,

काठमाडौँ : जसपा भित्रको अन्तरविरोधले चरम रुप लिएको छ । ओलीको पक्ष र विपक्षमा लागेका दुबै समुहले एक अर्कालाई स्पष्टीकरण सोध्ने क्रम चलिरहेका बेला अन्ततः जसपाको बहुमत केन्द्रीय कार्यकारीण समितिको बैठकले पार्टी अध्यक्ष महन्त ठाकुर, राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई पार्टीबाट निष्कासन गरेको छ ।

उनीहरुलाई पार्टी सदस्य समेत नरहने गरी कार्बाही गरेको जानकारी जसपाले निर्वाचन आयोगलाई समेत दिईसकेको छ ।

ठाकुर समुहले हिजो मात्रै प्रधानमन्त्री ओलीसँग भेटेर ८ मन्त्री र दुई राज्यमन्त्री नियुक्त हुने गरी सहमति गरेको थियो ।

ठाकुर समुह ओली सरकारको पक्षमा लाग्दै आएको छ भने उपेन्द्र यादव समुह ओली सरकारको बिरुद्ध बिपक्षी गठबन्धनमा सामेल छ ।

यो कार्बाही बारे ठाकुर समुहले औपचारीक प्रतिकृया जनाईसकेको छैन ।