जनकपुरधाम २१ जेष्ठ 

मधेश टप : श्वर पोखरेल र प्रदीपकुमार ज्ञवाली बाहिरिने

ओली सरकारमा आज जसपालाई दस मन्त्रालय सहित एमालेमा पनि केहि नेतालाई मन्त्री वनाउने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्दा उपप्रधानमन्त्री ईश्वर पोखरेल बाहिरिने भएका छन् ।

उनीसँगै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली पनि बाहिरिने भएका प्रधानमन्त्री निकट स्रोतले बताएको छ ।

अब परराष्ट्र मन्त्रालयको जिम्मा एमालेका रघुबीर महासेठले पाउनेछन् । उनी उपप्रधानमन्त्रीको हैसियतमा मन्त्रिपरिषदमा सहभागी हुनेछन् । यस्तै अर्थमन्त्री विष्णुप्रसाद पौडेल पनि उपप्रधानमन्त्री बन्ने भएका छन् ।