कपिलवस्तु २३ जेष्ठ

मधेश टप: धारिलो हतियार प्रयोग गरि रुपन्देहीमा एक युवकको हत्या भएको छ । जिल्लाको लुम्बिनी साँस्कृतिक नगरपालिका मनौरा निवासी अन्दाजी ३५ बर्षीय महेन्द्र यादवको शनिवार राति हत्या भएको हो ।

तीन सन्तानका बाबु रहेका यादवलाई घरभन्दा एक  किलोमिटर पश्चिम नाला नजिकै घाँटीमा धारिलो हतियार प्रहार गरेको अवस्थामा मृत फेला पारिएको इ.प्र.का लुम्बिनीका प्रहरी निरीक्षक रविन्द्र महतले जानकारी गराए ।

मृतकलाई भीम अस्पताल भैरहवामा पोष्टमार्टम गराई आवश्यक अनुसन्धान भईरहेको महतले बताए ।