जनकपुरधाम, जेठ २४ 

मधेश टप : हिजो भएको ४ मन्त्रि बर्खास्त पछी तुरुन्तै मुख्यमन्त्री मो.लालबाबु राउतले काँग्रेस र माओवादी केन्द्रलाई सहभागि गारएर आजै मन्त्रीमण्डल पुनरगठन गर्ने तयारी गरेका छन् ।

जसपाको महन्त ठाकुर पक्षका तीनराज्यमन्त्रीसहित चार मन्त्रीलाई आइतबार राति बर्खास्त गरेपछि काँग्रेस र माओवादीलाई ल्याएर मन्त्रीमण्डल पुनरगठन गर्ने रातले तयारी गरेका हुन् ।

सकभर आजै साँझसम्म काँग्रेस र माओवादी सरकारमा सहभागि हुने गरी दुबै दलले छलफल बार्ता तिव्र पारेका छन् ।
सरकारमा सहभागि हुने विषयमा काँग्रेस र माओवादी केन्द्र सकरात्मक छन् । दुबै पक्षसंग सरकारले विभिन्न चरणमा छलफल गरिरहेका छन् ।

अहिले सरकार र काँग्रेस बार्ताटोलिबिच सरकारमा सहभागि हुने विषयमा छलफल चलिरहेको छ । बार्तामा सरकार पक्षबाट भूमि व्यवस्था तथा कृषि मन्त्री शैलेन्द्र साह, समाजिक विकास मन्त्री नवलकिशोर साह र उद्योगा वन पर्यटन तथा वातावरण मन्त्री रामनरेश राय छन् भने काँग्रेसको तर्फबाट काँग्रेका सचेतक उपेन्द्र कुशवाहा, शिवचन्द्र चौधरी र विरेन्द्र साह सहभागि छन् ।

सरकारमा के कति मन्त्रालय लिएर काँग्रेस सहभागि हुने विषयमा बार्ता चलिरहेको काँग्रेस संसदीय दलका नेता रामसरोज यादवले टुडेपाटीलाई जानकारी दिए ।

यस्तै सरकारमै सहभागि हुने विषयमा टुंगो लगाउन माओवादी केन्द्रको संसदीय दलको बैठक आज बिहान ११ बजे बस्दै छ । बैठकमा सरकारमै सहभागि हुने विषयमा छलफल र निर्णय हुने माओवादी केन्द्र संसदीय दलका नेता भरत प्रसाद साहले टुडेपाटीलाई जानकारी दिए ।

यसअघि सरकारमा सहभागि हुने विषयमा विभिन्न चरणमा छलफल भएको उनले बताए । बार्ता तथा छलफल सकरात्मक रहेकाले मन्त्रालयको टुंगो लाग्ने बितिकै सरकारमा सहभागि हुने उनको भनाइ छ ।

सरकारले केहि मन्त्रालय फुटाएर काँग्रेस माओवादीलाई दिने तयारी गरेको हो ।