मधेशटप डेस्क,
सिरहा। पुर्ब गाबिस उपाध्यक्ष सहित काङ्ग्रेस र माओबादी परित्याग गरि ५० जना नेता कार्यकर्ता आज जसपा प्रबेश गरेका छन ।

जिल्ला अध्यक्ष अशोक यादब को अध्यक्षतामा बिष्णुपुर गापामा आयोजित पार्टी प्रवेश कार्यक्रममा जसपा कार्यकारिणी सदस्य एब मुख्यमन्त्री लालबाबु राउतले नवप्रबेशी हरुलाई अबिर माला लगाएर पार्टी प्रबेश गराउनु भएको हो ।

नव प्रबेशी हरुमा तत्कालीन राजपुर गाबिस का उपाध्यक्ष एब माओबादी नेता अशेश्वर यादव, काङ्ग्रेस का स्थानीय नेता राम असिश यादव , पाण्डव यादव, बिजय यादव लगायतका रहेका छन ।

कार्यक्रममा पुर्बमन्त्री सत्रुधन प्रसाद सिंह, जसपाका केन्द्रिय सदस्य अशेश्वर प्रसाद यादव, चन्देश्वर पासवान,बौद्धिक पेशाकर्मी महासङ्घका उपाध्यक्ष जितेन्द्र यादव , जसपा प्रदेश कमिटीका सदस्य विश्णु साह, शाहिदा खातुन, विणा शर्मा , त्रिपूरा झा सहितको उपस्थिती रहेको थियो ।