मधेशटप डेस्क,

जनकपुरधाम । जनकपुरमा नेकपा एमालेका राष्ट्रिय यूवा संघ नेपालका कार्यकर्ताहरु शक्ति प्रदर्शन गरेका छन् । जनकपुर रेल्वे स्टेशनबाट यूवा संघका कार्यकर्ताहरुले लाठी बोकेर जुलुस निकालेका हुन् ।

सुरक्षाकर्मीको कडा सुरक्षाबीच युवा संघका कार्यकर्ताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा र विपक्षी गठबन्धनका नेताहरुको विरोधमा नारा लगाउदै जनकचोक पुगेका छन् । उनीहरुले ‘केपी बा अघि बढ’ नारा पनि लगाए ।

युवा संघका कार्यकर्ताहरुले जनकचोकमा जसपा अध्यक्ष उपेन्द्र यादवसहित विपक्षी पाँच गठबन्धनका नेताको पुतला समेत जलाइएको छ ।