मधेशटप डेस्क,

काठमाडौं : राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल, दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता भएको छ। हरिनारायण यादव नेतृत्वको राजपा दर्ता गर्न शुक्रबार आयोगमा निवेदन पेश भरिएको हो।

यादवको नेतृत्वमा २१ सदस्यीय केन्द्रीय समिति रहने गरी राजपा दर्ता गर्न आयोगमा निवेदन परेको स्रोतले जनाएको छ।

निर्वाचन आयोग निवेदन दर्ता नम्बर १५४८ रहेको छ ।

जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता विवाद चलिरहेको बेला निर्वाचन आयोगमा राजपा दर्ता गर्न निवेदन पुगेको छ ।

एक वर्षअघि तत्कालीन राजपा र समाजवादी एकीकरण भएर जसपा बनेको थियो।

गत वर्ष वैशाख १० गते दुबै दलबीच एकीकरण भए पनि निर्वाचन आयोगमा असार २४ गते दर्ता भएको थियो। एकीकरण भएको दलको नाम र निर्वाचन चिह्न एक वर्षसम्म कानुनअनुसार आयोगले फ्रिज गरेर राख्छ।

दल दर्ता भएको एक वर्ष पूरा भएसँगै राजपा दर्ताका लागि आयोगमा निवेदन पुगेको छ। साउन ३ गते जसपाको दुवै पक्षलाई निर्वाचन आयोगले आधिकारिकतासम्बन्धी सुनुवाइका लागि बोलाएको छ।