मशेश टप,

जनकपुरधाम : सरदसिंह भण्डारी नेतृत्वको पुर्ब रास्ट्रिय मधेश समाजबादी पार्टी धनुषा का पुर्ब जिल्ला अध्यक्ष एवं मधेश आन्दोलनकारी महाशंकर ठाकुर रा.म.स.पा. का नेता कार्यकर्तालाई एकीकृत  गर्न सक्रियता बढाएको कुरा पार्टी श्रोत बाट जानकारी प्राप्त भएको छ ।

डा .बाबुराम भट्टराई नेतृत्वको पुर्ब नया शक्ति पार्टी को पुर्ब धनुषा जिल्ला अध्य्क्ष समेत सम्हाली सकेका उनले केहिदिन देखि बाबुराम भट्टराईको क्रियाकालापबाट असन्तुस्ट बनेका उनले हाल पुर्ब रा,म.स.पा.एबम नया शक्ति पार्टीका नेता कार्यकर्ता लाई एकीकृत  गर्नमा बिभिन्न क्षलफल अगाडी बढाएको कुरा श्रोत बाट जानकारी प्राप्त भएको छ ।

बिशेष स्रोतका अनुशार पुर्ब रा.म.स.पा धनुषाको उच्च स्तरका नेताहरुको अन्तरिक छलफल जनकपुरधाम स्थित क्रोन प्लाजा होटलमा आयोजना गरिएको थियो जसमा जिल्ला अध्य्क्ष ज्ञानेन्द्र झा ज्ञानु,केन्द्रिय सदस्य सुरेन्द्र मण्डल,मनोज चौधरी,जानकी राम साह ,विभा पाण्डे तथा चन्द्र शेखर राई,रामनन्दन ठाकुर,अरविन्द झा,लक्षमण यादब तथा युबा प्रभावशाली नेता सानु श्रेष्ठ लगायत करिब तिन,चार दर्जन नेताहरुको सहभागिता रहेको कुरा बिशेस स्रोत बाट जानकारी प्राप्त भएको छ ।

जनता समाजबादी पार्टी भित्र तरंग पैदा भए पश्चात महन्थ ठाकुर समुह नेता कार्यकर्ता जोड्न सक्रिय भएका छन् ।

त्यसैको फल स्वरूप यो बैठक हुन् सक्ने अनुमान गरिएको छ ।

असन्तुस्ट नेता कार्यकर्ता लाई पार्टी मा कसरि जोड्न सकिन्छ उक्त  अनुरुप बैठक अगाडी बढाईएको नाम नबताउने शर्तमा बैठक भएको ति नेताले स्वीकारेका छन् ।

धनुषामा मुलतः पुर्ब रा.म.स.पा. र त.म.लो.पा. को बाहुल्य सहभागिता  भएकोले शक्ति संचय गर्न पुर्ब रा.म.स.पा. को बैठक आयोजना गरिएको एक अर्का नेताले बताएका छन् ।

जिल्ला क्षेत्र नगर युबा विधार्थीलाई समेत समेट्ने प्रयास गर्छौ अनि पो प्रस्तुति दह्रो हुने तथा जसपा पार्टी को गलत क्रियाकलाप जनता समक्ष ल्याउने ति नेताले जनाएका छन् । अब धनुषा मा सरद सिंह भण्डारी को समेत दबदबा रहने आकलन गर्न सकिन्छ ।

यस भेला बारे विशेष श्रोतबाट जानकारी प्राप्त भयो ।