जनकपुरधाम । नवनियुक्त प्रदेश २ का प्रदेश प्रमुख हरिशंकर मिश्रले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति कार्यालयले जनाए अनुसार आज प्रदेश प्रमुख मिश्रले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

शपथ समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा, उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख अग्नि प्रसाद सापकोटा, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना उपस्थित थिए ।