जनकपुरधाम । प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका सर्वाहारा मन्त्री र राज्यमन्त्रीले विलासी इच्छा प्रकट गरेका छन् ।

एकमहिना अघि मात्र सत्तामा पुगेका नेकपा माओवादी केन्द्रका सर्वाहारा मन्त्री र राज्यमन्त्रीले विलासी इच्छा प्रकट गरेका हुन् ।

आन्तरिक मामिला तथा संचारमन्त्री भरत प्रसाद साह र राज्यमन्त्री रुवी कर्णले तीनवटा खाडी खरिदको लागि आर्थिक मामिला तथा योजना मन्त्रालयबाट तीनवटा गाडी खरिदका लागि तीन करोड रुपैयाँ मागेका हुन् । जबकी सो मन्त्रालयमा ८ वटा गाडी छँदैछ । मन्त्री साह र राज्यमन्त्री कर्णले अहिले मन्त्रालयकै गाडी समेत चढिरहेका छन् ।

नेकपा माओवादी केन्द्र सरकारमा नभएको समय प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीहरू विलासितामा केन्द्रित रहेको भन्दै आलोचना गर्नेहरू सरकारमा गएको केही साता नबित्दै गाडी हुँदाहुँदै थप गाडी खरिद रकम माग गरेका हुन्।

३ वटा गाडी खरिद गर्न अर्थ मन्त्रालयसँग ३ करोड ७ लाख रुपैयाँ माग गरिएको मन्त्रालयका प्रवक्ता अवधकिशोर कुशवाहाले जानकारी दिए। त्यति मात्र होइन मन्त्री साहका लागि २ लाख ५० हजार रुपैयाँ मोबाइल खरिदका लागि समेत रकम माग गरिएको श्रोतले जनाएको छ ।