जनकपुरधाम । जनता समाजवादी पार्टीको उपेन्द्र पक्षका एक सांसद लोकतान्त्रिक समाजवादी पार्टीमा जान भएका छन् ।

पर्साको निर्वाचन क्षेत्र ३ (ख) बाट तत्कालिन संघीय समाजवादी फोरमबाट प्रत्यक्ष निर्वाचित प्रह्लाद गिरी लोसपमा जान लागेका हुन् ।

पूर्व फोरमबाट निर्वाचित लोसपामा सनाखत गर्न जाने उनी पहिलो सांसद हुन् । उपेन्द्र यादवले मधेश आन्दोलन, सहिद तथा घाइतेलाई धोकाधडी गरी मधेश मुद्दा विसर्जन गरेकाले आफु मधेशको एक मात्र मूलधारको पार्टी लोसपा रोजेको सांसद गिरीले बताए ।

जसपामा पूर्व फोरमका ३० र राजपाका २५ प्रदेश जसपाका ५५ सांसद छन् । जसपाबाट महन्थ ठाकुर पक्षलाई आउट गरेपछि उनले खोलेको लोसपामा पूर्व राजपा पृष्टभूमिकै १० जना सांसदले बुधबार निर्वाचन कार्यालय जनकपुरमा सनाखत गरेका छन् । बाँकी जसपाबाट लोसपा रोज्नेले सांसद आज सनाखत गर्न निर्वाचन कार्यालय जान लागेका छन् ।