जनकपुरधाम : प्रदेश न.२ का अस्थायी राजधानी जनकपुरमा  जनता समाजवादी पार्टी जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले भदौ २२ गते पछि मात्र मन्त्री परिषद विस्तार गर्ने सहमती  भएको खुलासा गरेका छन् ।

प्रदेश न.२ का अस्थायी राजधानी  जनकपुरधाम आइपुगेका अध्यक्ष यादवले विमानस्थलमा पत्रकारहरुसंग कुराकानी गर्दागर्दै  गठबन्धनमा कुनै विवाद नभएको तर २२ गते पछि मात्र मन्त्रीपरिषद विस्तार गर्नुपर्ने जसपाको प्रस्तावमा गठबन्धन आवद्व सवै दल सहमत भएको बताएका छन् ।

मन्त्रालयलाई लिएर माधव नेपालसंग बिबाद भएको सन्दर्भमा पत्रकारहरुले सोधेको प्रश्नमा पुर्व उपप्रधानमन्त्री समेत रहेका यादवले मन्त्रालय भागबण्डामा कुनै बिबाद नरहेको समेत बताए । प्रदेश न. २ मा २२ गते सम्म सांसदहरुले पार्टी रोज्न पाउने भएको र पार्टी फुटन सक्ने डरले त्यसपछि मन्त्री परिषद विस्तार गर्ने सोच्नु भएको हो ? भन्ने प्रश्नमा उनले तत्काल समयको अभाब रहेकोले  २२ गते नै गरौं भन्नेमा सबै सहमत भएको पनि  खुलाए ।

उनले भने लोसपाका महन्थ ठाकुर सहितका नेताहरुलाई बिचारा  उनीहरुसंग जसपाको तुलना नगर्न पनि  आग्रह गरेका छन् । प्रदेश न. २ मा २२ गते सम्म जसपाका स्थानिय र प्रदेशका जनप्रतिनिधीहरुले दल रोज्न  पाउने र निर्वाचन कार्यालयमा सनाखत गर्न पाउने समय सिमा तोकिएको छ । उपेन्द्र  यादवको स्वागतका लागि विमानस्थलमा प्रदेशका मुख्यमन्त्री, मन्त्रीहरु, जनप्रतिनिधीहरु सहित पार्टीका  नेता कार्यक्रताहरुको उपस्थिति थियो ।