जनकपुरधाम । जनता समाजवादी पार्टीका थप तीनजना प्रदेश सांसद लोकतान्त्रिक समाजवादी पार्टी रोजेका छन् ।

आज जनकपुर स्थित निर्वाचन कार्यालय पुगेर प्रदेश सांसद अभिराम शर्मा, रानी शर्मा र उपेन्द्र महतो लोसपामा सनाखत गरको हुन् ।

रानी शर्मा जसपामै कायम रहने भनिएपनि पछिल्लो समय उनलाई फकाएर लोसपामा ल्याउन अध्यक्ष महन्थ ठाकुर ल्याउन सफल भएका छन् ।

यी तीनजना सांसदले सनाखत गरेसँगै प्रदेश २ मा लोसपा सांसदको संख्या १५ पुगेको छ । यसअघि १२ जनाले सनाखत गरेका थिए । अब जसपामा ४० सांसद बाँकी रहेका छन् ।