काठमाडौँ । विभाजित भएका एमाले र जसपाका जनप्रतिनिधिले दल रोजी सक्नु पर्ने आज अन्तिम दिन रहेको छ ।

राजनीतिक दलसम्बन्धी नयाँ अध्यादेश आएपछि विभाजित भएका एमाले र जसपाका जनप्रतिनिधिले दल रोजी सक्नु पर्ने अन्तिम दिन हो ।

२० प्रतिशत सांसद तथा केन्द्रीय सदस्य भएकै आधारमा दल विभाजन गर्न मिल्ने गरी सरकारले सिफारिस गरेको अध्यादेश राष्ट्रपतिले भदौ २ मा जारी गरेपछि नेकपा एमाले र जनता समाजवादी विभाजन भएका थिए ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) विभाजन भएर बनेको नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी विभाजित भएर बनेको लोकतान्त्रिक समाजवादी पार्टीमा रोज्न जनप्रतिनिधिलाई निर्वाचन आयोगले आजसम्मको समयावधि दिएको थियो । यसअवधिमा सातवटै प्रदेशका प्रदेशसभा र स्थानीय तहका जनप्रतिनिधिले धमाधम विभाजित पार्टी रोजिरहेका छन् ।