मधेसटप सम्वाददाता ,२२ भदौ मंगलबार                  उमेश कुमार साह 
राजविराज । जनता समाजवादी पार्टी नेपाल (जसपा)का बोदे बर्साईन नगरपालिकाकी उप प्रमुख रंजु कुमारी साहले लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)को पक्षमा सनाखत गरेकी छिन् ।

सप्तरीको बोदे बर्साईन नगरपालिकाकी नगर उप प्रमुख पदमा निर्वाचित साहले मंगलबार सदरमुकाम राजबिराजस्थित जिल्ला निर्वाचन कार्यालयम सनाखत गरेकी हुन् ।
उप प्रमुख रंजु तत्कालिन संघिय समाजवादी फोरमबाट निर्वाचित भएका थिए ।