काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा पनि नेकपा एमालेका सांसदहरुले नाराबाजी गरेका छन् ।

प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसदहरुले नाराबाजी गरेका हुन् ।

नेकपा एमालेले १४ सांसदलाई गरेको निष्कासनको कारबाहीलाई सभामुखले मान्यता नदिएको विरोधमा एमालेले लगातार संसद अवरोध गर्दै आएको छ ।

सभामुख अग्नि प्रसाद सापकोटाले भने संसद् अवरोध गर्दा अरु सांसदहरुको अधिकार हनन भएको भन्दै अवरोध नगर्न आग्रह गरेका थिए ।