सप्तरी । नेपाली बजारमा सुनको मूल्य १४ सय रुपैयाँले घटेको छ ।

आज छापावाला सुन मुल्य प्रतितोला ८९ हजार १ सय रूपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

मंलवार छापावाला सुन मुल्य प्रतितोला ९० हजार ५ रुपैयाँमा बारोबार भएको थियो । त्यस्तै तेजाबी सुनको मुल्य प्रतितोला ८८ हजार ६५० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।

चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले घटेको छ । बिहीबार १२ सय रुपैयाँ तोलामा कारोबार भएको चाँदीको भाउ आज ११ सय ७० रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।