जनकपुरधाम : जनकपुर विमानस्थलमा पूर्व उपप्रधानमन्त्री एवं संघीय साँसद राजेन्द्र महतोलाई भव्य स्वागत गरिएको छ ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेता कार्यकर्ता पुगेर साँसद महतोलाई स्वागत गरेका हुन् । स्वागत गर्न पुगेका नेता कार्यकर्ताले राजेन्द्र महतोलाई फुलमालाले स्वागत  गरेका थिए ।

धनुषा क्षेत्र ३ बाट संघीय साँसदमा निर्वाचित महतो अइले लोकतान्त्रिक समाजवादी पार्टी नेपाल(लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले दुइमहिना भइसक्दा पनि मन्त्रीमण्डल विस्तार हुन नसक्नुले गठवन्धनको एकजुटतामाथि प्रश्नचिन्ह खडा भएको वताएका छन ।

पार्टीको कामले विहिवार जनकपुरधाम पुगेका नेता महतोले जनकपुरधाम विमानस्थलमा संचारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदै वर्तमान सरकारको मन्त्रीमण्डल विस्तार हुन नसक्नुमा गठवन्धनको कमीकमजोरीले भएको वताए ।

उनले भने,यसको सरकारी पक्षले जवाफ दिनुपर्ने छ,यो राष्टका लागि पक्कै राम्रो कुरा भएको छैन । उनले लोसपा सरकारमा जाने कुरा अहिले कुनै सोच नवनाएको वताए । गठवन्धमा आफै पुर्णता नपाएको अवस्थामा लोसपा सरकारमा जाने कुरा सोच्नु हास्याप्रद रहेको वताए ।

उनले भने सरकारलाई हाम्रो समर्थन वाहिरबाट छदैछ,हाम्रो माग र मुद्दा सम्वोधन गरयो भने सरकार बाहिरबाट पनि सहयोग र समर्थन जारी रहने छ ।

पुर्वमन्त्री समेत रहेका नेता महतोले एमसीसी संसदमा नआएसम्म एमसीसीको विषयमा लोसपाले कुनै पनि आधिकारीक धारणा नराख्ने वताउदै संसदमा आएपछि यस विषयमा वताउने जिकीर गरे । उनले विकास निमार्णकालागि ल्याइएको योजनालाई राष्ट र जनताको हितमा सरकारले प्रयोग गर्नुपर्ने धारणा राखे ।

महतोले सरकारले नेपाल भारतको सिमा खुल्ला गर्न निर्णय गरेपनि अहिले सीमा नखुल्नु सरकारकै कमजोरी रहेकोले नेपाल भारतविचको बेटीरोटीको नातालाई जोगाउनका लागि यसप्रति ध्यान दिनु आवश्यक रहेको समेत टिप्पणी गरेका थिए ।

उपस्थितिमा प्रदेश सभा सदस्य सुरिता साह, जनकपुर उप- महानगरपालिकाकि उप प्रमुख रिता मिश्रा सहित वडा अध्यक्ष जानकिराम साह, संजय चौधरी, बिन्द किशोर साह लगायतको उपस्थिति थियो ।