जनकपुरधाम। लोसपाका महिला नेत्री एवंम्  पुर्व केन्द्रीय संचारमन्त्री सुरीता कुमारी साहले लोकतान्त्रिक समाजबादी पार्टिको साधारण सदस्यता लिएका छन । आज जनकपुरमा  पार्टिका अध्यक्ष महन्थ ठाकुरको हातबाट उनले सदस्यता लिएकी छिन्  ।

बिगत लामो समय देखि राजेंद्र महतोको सानिध्यमा रहेर मधेश केन्द्रित राजनिती गर्दै आएका सुरीता कुमारी साह नेपालको प्रभावशाली नेत्री मध्ये एक छिन्  ।

नेत्री सुरीता कुमारी साह  तत्कालीन सतभावनाबाट राजपा र राजपावाट जसपावाट लोसपामा  सक्रिय राजनीतिको सुरुवात गर्दै नेतृत्व दायी भुमिका निर्बाह गरेका थिए।

त्यसपछि बनेको राजपा हुँदै जसपा बिभाजन हुँदा उनले महन्त ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजबादी पार्टी रोजिन।