काठमाडौँ । नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राई प्रदेश.१ को मुख्यमन्त्री बन्ने भएका छन् ।

नेता राईलाई आज दिउँसो १ बजेपछि मुख्यमन्त्रीको सपथग्रहण गराउने तयारी भएको जनाइएको हो ।

मुख्यमन्त्री भीमप्रसाद आचार्यले विश्वासको मत पाउने अवस्था नरहेपछि सोमबार राजीनामा दिएका थिए । लगत्तै प्रदेश प्रमुख प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले मुख्यमन्त्रीका लागि दाबी पेस गर्न मंगलबार दिउँसो १ बजेसम्मको समय तोकेका थिए । सरकार गठनको आह्वान गरेलगत्तै राईले सोमबार अपराह्न ४९ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

उनलाई नेकपा (एस)सँगै नेपाली काङ्ग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीका सांसदको समर्थन छ ।