विराटनगर । नवनियुक्त प्रदेश.१ का मुख्यमन्त्री राजेन्द्र राईले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

नवनियुक्त मुख्यमन्त्री राईलाई आज प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले तथा गोपनीयताको शपथ गराएका हुन् ।

पद तथा गोपनीयताको शपथ ग्रहणलगत्तै राईले ६ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका हुन् । नवगठित मन्त्रिपरिषद्मा केदार कार्कीले आन्तरिक मामिला मन्त्री, हिमाल कार्कीले भौतिक मन्त्री, इन्द्र आङबो आर्थिक मामिला मन्त्री, जयराम यादव सामाजिक विकास मन्त्री र विष्णुमाया तुम्बाहाम्फे सामाजिक विकास राज्यमन्त्री बनेका छन् ।

एमाले नेता भीमप्रसाद आचार्यले राजीनामा दिएपछि नेकपा एकीकृत समाजवादीका नेता राई ४९ सांसदको समर्थन पाएपछि मुख्यमन्त्री नियुक्त भएका थिए ।