उमेश कुमार साह , कार्तिक २६ गते शुक्रबार 
सप्तरीको बोदे बर्साईन नगरपालिका वडा नम्बर – ७ मानराजा मा जनमत पार्टी नगर समितिले आयोजना गरेको विशाल आमसभालाई सम्बोधन गर्दै जनमत पार्टीका राष्ट्रिय संयोजक डा सि.के राउत मधेसमा बेरोजगारीले विकराल रूप लिएको बताउदैँ सर्वसाधारण अरब लगायत अन्य मुलुक जान बाध्य रहेको बेरोजगारी समस्या हल गर्न हालको कुनै राजनीति दलमा भिजन नरहेको भन्दै जनमत पार्टीको प्रमुख मुद्दा रोजगारी सृजना गर्ने रहेको बताए छन् । साथै सरकारी निकायको संरक्षणमा भई रहेको संस्थागत भ्रष्टाचार रोक्न जनतालाई सजग हुन आग्रह गरेकाछन् ।

बोदे बर्साईन नगर कमिटी कार्यबाहक अध्यक्ष सुकदेव साहको अध्यक्षतामा कार्यक्रम भयो । वक्ताहरू मा विशिष्ट अतिथि जनमत पार्टी उप महासचिव ईन्द्रजित यादव , अतिथि अनिस अन्सारी , बोदे बर्साईन नगर कमिटी उपाध्यक्ष विध्या नारायण यादव लगायत नेताहरूले सम्बोधन गरेका छन् ।