उमेश कुमार साह , २९ कार्तिक सोमबार 

बोदे बर्साईन – सप्तरीको बोदे बर्साईन नगरपालिकामा सोमबार जनता समाजवादी पार्टी(जसपा) को नगर समिति समायोजन भएको छ ।

तत्कालिन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) बीच एकता भएपछि नगर समिति समायोजन गरिएको हो ।

जसपा नेपालका नेता केन्द्रिय कार्यकारिणी समिति सदस्य , पुर्व कृषि मन्त्री तथा राष्ट्रिय सभा सदस्य मृगेन्द्र कुमार सिंह यादवको प्रमुख आतिथ्यतामा तथा नगर अध्यक्ष अरुण यादवको अध्यक्षतामा भएको जसपा भेला कार्यक्रमबाट जसपा बोदे बर्साईन नगर समिति अध्यक्षमा अरुण कुमार यादव चयन भएका छन् ।
जसपा भेला कार्यक्रमबाट ७
सदस्यीय समिति गठन गरेको छ। उपाध्यक्षमा – राज कुमार यादव (बिरेन्द्र) , राम प्रसाद चौधरी र मो. अनवारुल , सचिबमा – चलित्र प्रसाद यादव , स- सचिब – रमेश कुमार यादव, कोषाध्यक्षमा -रेनु कुमारी साह रहेका छन ।

भेला कार्यक्रममा जसपा नेपालको केन्द्रीय सदस्य अनिरुध कुमार सिंह यादव , बोदे बर्साईन नगरपालिकाको नगर प्रमुख आतेश कुमार सिंह ,वडा अध्यक्षहरु , नेताकार्यकर्तागन , कार्यपालिका सदस्य श्रीप्रसाद भगत , बुद्धिजीवी , सल्लाहकार , पत्रकार लगायत स्थानीयहरुको उपस्थित रहेका थिए ।

सो बैठकले वडा समिति समायोजनको लागि मंसिर २ गते देखि सुरु गरि क्रमश: १० वटै वडामा ११ गते सम्म सम्पन्न गर्ने निर्णय गरि नया समायोजन भएको कमितिले संघसंगठनलाई थप चलयमान बनाउने नेताहरूले बिश्वास व्यक्त गरेका छन।