काठमाडौ । नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनमा भीम रावललाई भारी मतान्तरले हराउँदै फेरी नयाँ कार्यकालका लागि केपी शर्मा ओली नै अध्यक्ष पदमा विजयी भएका छन् । मंगलवार भएको निर्वाचनमा ओली विजयी भएका हुन् । मंगलवार विहान ४ वजेवाट निर्वाचन भएको थियो । दिउसो सम्पन्न भएको मतगणनाको परिणाम अनुसार ओलीले उनका प्रतिद्वन्द्वी भीम रावललाई हराउँदै निर्वाचित बनेका हुन् ।

नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि मंगलबार बिहान भएको निर्वाचनको ताजा परिणाम अनुसार उपाध्यक्षमा घनश्याम भुसाल पनि पराजित भएका छन्। तर अध्यक्ष केपी शर्मा ओलीको सूचीमा परेका नेताहरु भने सबै जित नजिक पुगेका छन्।

एमाले निर्वाचन आयोग स्रोतका अनुसार उपाध्यक्षकी उम्मेदवार अष्टलक्ष्मी शाक्यले फराकिलो अग्रता बनाइरहेकी छन्। ताजा परिणाम अनुसार उपाध्यक्षमा अष्टलक्ष्मी शाक्यले १९७६, सुरेन्द्र पाण्डेले १९२५, सुवास नेम्बाङले १८६५, विष्णु पौडेलले १८५६, युवराज ज्ञवालीले १८४२, रामबहादुर थापा बादलले १७६८
र घनश्याम भुसाल ७२५ मत पाएका छन्।